सामसङ नेपालले विश्वकपलाई लक्षित गर्दै विशेष टिभी अफर ल्याएको छ। जुलाई १९ सम्म मान्य हुने गरी कम्पनीले अफर ल्याएको हो।
यसअनुसार चुनित सामसङ टिभी मोडलमा २५ प्रतिशतसम्म क्यासब्याक उपलब्ध छ। यसले विश्वकपको अवसरमा अझ ठूलो अझ स्पष्ट स्क्रिनमा अपग्रेड गर्ने मौका प्रदान गर्ने कम्पनीले जनाएको छ।
७५ इन्च वा ८५ इन्चको टिभी मोडल खरिद गर्ने ग्राहकले ९ हजार ९ सय ९९९ रुपैयाँमा ४९ हजार ९९० मूल्यको साउन्डबार पनि प्राप्त गर्न सक्नेछन्। कम्पनीका अनुसार विश्वकप लाइभ सब्सक्रिप्सनसँगै १२ महिनासम्मको निःशुल्क नेटटिभी प्याकेज पनि दिइएको छ। क्यूलेड÷यूएचडी मोडलमा १२ महिनासम्मको निःशुल्क नेटटिभी प्याकेज, एफएचडी÷एचडी मोडलमा ६ महिनासम्मको निःशुल्क नेटटिभी प्याकेज उपलब्ध हुनेछ।
कम्पनीका अनुसार हुलास फिन्सर्भ हायर पर्चेज लिमिटेडबाट १२ वा २४ महिनाको किस्ता सुविधामा समेत टिभी किन्न सकिनेछ।
Shares

प्रतिक्रिया