पोखरामा दोस्रो पल्ट आगामी चैत ११ देखि १५ गतेसम्म पोखरा लेकसाइड, तालबराही चोकस्थित खेल मैदानमा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसनले वाडा अटो शो २०२६ आयोजना गर्ने भएको छ।
पहिलो संस्करणको सफलतापछि सवारीसाधन खरिदबिक्री एवं यस क्षेत्रमा भई रहेका आधुनिक प्रविधि विकासतर्फ सवारी धनी, सम्भावित ग्राहक एवं आम सर्वसाधारणको रुचिलाई ध्यानमा राखी शो आयोजना गरिएको हो।
प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेज (जेम्स ईभेन्टस्)ले गर्ने छ भने स्टल बुकिङ्ग छिट्टै खोलिनेछ।
वाडा अटो शो २०२६ मा साना, मझौला तथ ठूला सवारी साधन, पार्ट पुर्जा, लुब्रिकेन्ट, टायर, वित्तिय संस्था, तथा अन्य सबै सरोकारवाला व्यवसायी कम्पनीहरूको भव्य सहभागिता हुनेछ।
यसपालि नयाँ वर्ष २०८३ लाई मध्यनजर गरी सहभागी कम्पनीहरूबाट ल्याईने विभिन्न किसिमका आकर्षक अफरहरू, ईभी तथा आइस इन्जिनका नयाँ–नयाँ ब्रान्डहरू एवं अन्य थुप्रै मनोरञ्जनात्मक तथा सूचनामूलक कार्यक्रमहरू समावेश गरिने आयोजकले जनाएको छ।
Shares

प्रतिक्रिया