कोशी


झापाबाट ‘थाहै नदिई’ काठमाडौँ फर्किँदै बालेन

झापाबाट ‘थाहै नदिई’ काठमाडौँ फर्किँदै बालेन

नेपालखबर
फागुन ५, २०८२ मंगलबार १२:३, विराटनगर

प्रतिनिधि सभा निर्वाचनका लागि झापा-५ बाट उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह आज (मंगलबार) काठमाडौँ फर्किंदै छन्।

मंगलबार बिहान एक घण्टा आफ्नो निर्वाचन क्षेत्रमा बिताएर उनी काठमाडौँ जान विराटनगर विमानस्थल पुगेका हुन्।

अहिले बालेन विराटनगर विमानस्थलमा छन्। उनी दिउँसो १२:४५ बजे बुद्ध एयरको विमानबाट काठमाडौँ प्रस्थान गर्नेछन्।

यसैबिच रास्वपा झापा-५ का संयाेजक भेषराज भट्टराईले बालेन काठमाडौँ फर्किनेबारे जानकारी नपाएको बताएका छन्। 

उनले नेपालखबरसँग भने, 'उहाँ काठमाडौँ फर्किने कुरै थिएन, काठमाडौँ जानु भएको हाे र, मलाई त थाहै भएन।'

बिहान ११ बजे विराटनगर विमानस्थलमा पुगेका बालेन बिहान ९ बजे चिया बगान क्षेत्रमा पुगेका थिए।

साेमबार दिनभर झापा क्षेत्र नम्बर ५ का विभिन्न ठाउँमा पुगेका बालेनलाई स्थानीय मतदाताले भूमिहीन तथा सुकुमवासी समस्या, शिक्षा, स्वास्थ्य  तथा सडक पूर्वाधारका विषयमा कुरा राखेका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad