नेपालमा डायुन ईभीको आधिकारिक वितरक सीजी मोटर्सले डायुन ईभी कारमा सीमित अवधिका लागि विशेष तथा अत्यन्तै आकर्षक अफर सार्वजनिक गरेको छ।
अब डायुन ईभी मात्र ३.९९ लाख रुपैयाँ डाउन पेमेन्टबाटै उपलब्ध हुने भएको हो। यसले दिगो, किफायती र वातावरणमैत्री विद्युतीय सवारी साधनलाई नेपाली उपभोक्ताका लागि अझ सहज र पहुँचयोग्य बनाउने सीजी मोटर्सको प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीको भनाइ छ।
नेपाली सडक अवस्था र ड्राईभीङ आवश्यकतालाई ध्यानमा राखेर विशेष रूपमा डिजाइन गरिएको डायुन ईभीले एकपटक फुल चार्ज गर्दा ३०० किलोमिटर सम्मको यात्रा प्रदान गर्दछ। यसमा २०१ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ, जुन यस श्रेणीमै सबैभन्दा उच्च हो। साथै, सेग्मेन्टकै उत्कृष्ट फुल इन्डिपेन्डेन्ट सस्पेन्सन प्रणालीले सहरी सडकदेखि चुनौतीपूर्ण भू–भागसम्म उत्कृष्ट सवारी आराम, उच्च स्थिरता र आत्मविश्वासपूर्ण प्रदर्शन सुनिश्चित गर्दछ।
ग्राहकलाई अझ बढी मूल्य र न्यूनतम लागत प्रदान गर्ने उद्देश्यले सि.जी मोटर्सले आकर्षक प्याकेज पनि उपलब्ध गराएको छ। यस प्याकेजमा आकर्षक एक्सचेन्ज बोनस, नगद छुट, निःशुल्क एक्सेसरिज, निःशुल्क ३.३ किलोवाट क्षमताको होम चार्जर, एक वर्षको सडक कर तथा अटो प्लस बीमा कभरेज समावेश छन्।
यस अफरका अतिरिक्त, डायुन ईभी मा प्रिमियम तथा सेग्मेन्ट–लीडिङ GB/T चार्जिङ प्रणाली जडान गरिएको छ, जसले सीजी मोटर्सको फास्ट चार्जिङ पूर्वाधारसँग सहज अनुकूलता सुनिश्चित गर्दछ। ग्राहकहरूले नेपालभर रहेका २६० भन्दा बढी सीजी फास्ट चार्जिङ स्टेशनहरूको सुविधा सहज रूपमा उपयोग गर्न सक्नेछन्, जसले छिटो र भरपर्दो चार्जिङ अनुभव प्रदान गर्दछ।
सीजी मोटर्सले नेपाललाई स्वच्छ ऊर्जामैत्री यातायाततर्फ अघि बढाउने आफ्नो अग्रणी भूमिकालाई निरन्तरता दिँदै, उच्च प्रदर्शन, व्यावहारिकता र दीर्घकालीन बचतको उत्कृष्ट संयोजन भएको ईभी भ्यान नेपाली बजारमा उपलब्ध गराइरहेको छ।
Shares

प्रतिक्रिया