कारोबार


अटोमोबाइल क्षेत्रमा २ खर्ब बढी कर्जा, पौडेल भन्छन्– व्यक्तिगत र व्यावसायिक गाडीमा फरक एलटीपी रेसियो लगाउन सकिन्छ

अटोमोबाइल क्षेत्रमा २ खर्ब बढी कर्जा, पौडेल भन्छन्– व्यक्तिगत र व्यावसायिक गाडीमा फरक एलटीपी रेसियो लगाउन सकिन्छ

नेपालखबर
भदौ ५, २०८२ बिहिबार १८:४६, काठमाडौँ

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अटो मोबाइल क्षेत्रमा दुई खर्ब रूपैयाँभन्दा कर्जा प्रवाह भएको बताएका छन्। 

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको संयुक्त रुपमा आयोजना गरिएको ‘कर्जा नीतिमा स्थिरताः अटोमोबाइल बजारको दीर्घकालीन विकासको आधार’ विषयक अन्तर्क्रियामा उनले यस्तो बताएका हुन्। 

बैंक तथा वित्तीय संस्थाले मात्रै नभई हायर पर्चेज कम्पनीहरूले पनि यस क्षेत्रमा लगानी गर्ने गरेको उनले बताए।

‘हामीले यो क्षेत्रलाई अनुत्पादक भनेका छैनौँ। हायर पर्चेज कम्पनीलाई लाइसेन्स दिनुले पनि अटोमोबाइल्स क्षेत्रलाई प्राथमिकतामा राखेको पुष्टि गर्छ,’ उनले भने  । 

उनले २०७० यता हायर पर्चेज कम्पनीमार्फत अटो क्षेत्रमा कर्जा प्रवाह गरिरहेको उल्लेख गरे। १० वटा हायर पर्चेज कम्पनीले २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको उनको भनाइ रहेको छ। 

‘अटो क्षेत्र अनुत्पादक क्षेत्र होइन। सरकारले अनुत्पादक क्षेत्र मानेको भए विशिष्टीकृत कम्पनी स्थापना गर्दैनथ्यो। कुनै पनि व्यक्तिले गाडी खरिद गर्दा ४० प्रतिशत नगद बुझाउँछ र ६० प्रतिशत ऋण पाउँछन्। विदेशमा समेत ६० देखि ८० प्रतिशतसम्म लोन टु पर्चेज (एलटीपी) रेसियो लगाएका छन्,’ उनले भने, ‘नेपालमा व्यक्तिगत र व्यवसायीक गाडीमा फरक एलटीपी लगाउन सकिन्छ। व्यक्तिगत गाडी खरिद गर्न जाँदा ब्याजदर कम छ। तर, सार्वजनिक यातायातमा बढी जोखिम रहेको हुन्छ। त्यसैले बैंकहरुले निजी गाडीको तुलनामा सार्वजनिक यातायातमा बढी व्याज लगाउँछन्।’

नेपालमा ०४१/०४२ अघि अर्थात् निजी बैंक स्थापना नहुँदासम्म अटो कर्जा प्रवाह हुने अवस्था नरहेको उनले स्मरण गरे।

‘गाडी खरिद गर्नको लागि त ऋण लिनै हुँदैन भन्ने थियो। अहिले त्यसको उल्टो भएको छ। गाडी किन्न पुरै नगद दिने होइन, किस्ताबन्दीमा दिनुपर्छ भन्ने मान्यता स्थापित भएको छ। कनेक्टीभिटी आावश्यकता नै छ भनेर बैंकहहरुलाई कर्जा प्रवाहमा सहज बनाएको छ,’ उनले भने, ‘अहिलेको मौद्रिक नीतिमा हायरपर्चेज कर्जा सहज बनाउने उल्लेख गरेको छ। हायरपर्चेज कर्जा दिने कम्पनीको विषयमा अध्ययन गरेर व्यवस्थित र प्रोत्साहन गर्छ। राष्ट्र बैंकले अटोमोबाइल्स क्षेत्रलाई अनुत्पादक क्षेत्र भनेको छैन।’ 

नेपालमा उत्पादन गर्ने उद्योगहरुलाई बैंकहरुले सहजरुपमा कर्जा दिने गरेको उनले बताए। उत्पादनमूलक उद्योगले २ करोड रूपैयाँसम्म कर्जा लिदाँ आधारदरमा २ प्रतिशत मात्रै प्रिमियम थपेर ब्याजदर लिने गरेको उनको भनाइ छ। 

उनले भने, ‘व्यवसायीले व्याजदर नबढाए हुन्थ्यो भन्ने जिज्ञासा देखिएको छ। नेपालमा फिक्स्ड र परिवर्तन हुने कर्जा रहेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad