कारोबार


सीएफमोटो २५० एनके अब ४ लाख ९० हजारमा, नाइमा एक्स्पोमा बुकिङ गरे ३०० एनकेमा पनि छुट

सीएफमोटो २५० एनके अब ४ लाख ९० हजारमा, नाइमा एक्स्पोमा बुकिङ गरे ३०० एनकेमा पनि छुट

नेपालखबर
साउन २५, २०८२ आइतबार १५:३९, काठमाडौँ

सीएफमोटोले नाइमा मोबिलिटी एक्सपोलाई लक्षित गरी आफ्ना दुई मोटरसाइकलमा विशेष छुट योजना ल्याएको छ।

काठमाडौंको भृकुटीमण्डमा जारी नाइमा मोबिलिटी एक्स्पोमा २५० एनके बुकिङ गर्नेलाई ६० हजार र  ३०० एनकेमा ५० हजार नगद छुट दिइने भएको हो।

नाइमा एक्सपोको अवधिभर ५ लाख ५० हजार रुपैयाँ पर्ने २५० एनकेलाई ४ लाख ९० हजार र ७ लाख ५ हजार रुपैयाँ पर्ने ३०० एनकेलाई ६ लाख ५५ हजारमै बिक्री गर्ने आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले जनाएको छ। 

भोलिसम्म सञ्चालन हुने एक्सपोमा आएर मोटरसाइकल खरिद वा बुकिङ गर्न कम्पनीले राइडरमाझ आह्वान गरेको छ। एक्स्पोपछि भने पहिलेकै मूल्य लागू हुनेछ। 

एक्स्पोमा कम्पनीले नेकेड स्पोर्ट्स डिजाइनको  ३०० एनकेसहित स्पोर्ट्स मोडल ४५० एसआर लन्च गरेको थियो। जसमा, ४५० एसआरको मूल्य भने १३ लाख ५० हजार निर्धारण गरिएको छ।

बिक्रीभन्दा पनि बिक्रीपछिको सेवामा आफ्नो ध्यान केन्द्रित गरिरहेकको यस कम्पनीले सर्भिस र स्पेयर पार्ट्सको उपलब्धतामा पनि उत्तिकै बढि जोड दिँदै आएको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा कार्यरत मेकानिक्सलाई विशेष तालिम दिएर दक्ष बनाउने अभियानमा समेत कम्पनी उत्तिकै सक्रिय भएर लागिपरेको छ। 

विश्व बजारमै प्रिमियम मोटरसाकलको पहिचान बनाएको सिएफ मोटोले स्पोर्ट्स, एड्भेन्चर र न्याकेड सेग्मेन्टका मोटरसाइकल उपलब्ध गराएको छ। जसमा, २५० एनके, ३०० एनके, ४५० एनके, ४५० एसआरएस, ४५० एमटी, ६७५ एनके, ६७५ एसआरएस र ८०० एमटी जस्ता मोडल पर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad