नेपाल एएफसी यू-२० महिला एसियन कपको छनोटमा उत्तरकोरियासँग ११-० गोलले पराजित भएको छ।
भुटानमा आइतबार भएको खेलमा उत्तर कोरियाले नेपाललाई ११ गोल प्रहार गर्दा नेपालले भने एक गोल पनि फर्काउन सकेन।
पहिलो हाफमै नेपालले ५ गोल खान पुगेको थियो। त्यसपछि दोस्रो हाफमा उत्तर कोरियाले ६ गोल थपेको हो।
प्रतियोगितामा नेपालले भुटानसँग १-१ को बराबरी खेलेको थियो भने साउदरी अरबलाई १ गोलले पराजित गरेको थियो।
105
Shares

प्रतिक्रिया