भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) को उपाधि जितेका रविन्द्र ढाँट राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सम्मानित भएका छन्।
बुधबार राष्ट्रपति भवन शितल निवासमा आयोजित स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले ढाँटलाई सम्मान गरेका हुन्।
नेपालका एमएमए फाइटर रविन्द्र सोमवार काठमाडौं आइपुगेका हुन्।
उनले टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गरेर उपाधि जितेका हुन्। तेस्रो राउन्डमा कोरेनलाई नकआउट गर्दै उनले एमएफएन बेल्ट आफ्नो नाममा पार्न सफल भएका हुन्।
51
Shares

प्रतिक्रिया