कारोबार


एलएस अटोका दुई नयाँ ईभी नाइमा मोबिलिटी एक्स्पोमा लन्च हुने

एलएस अटोका दुई नयाँ ईभी नाइमा मोबिलिटी एक्स्पोमा लन्च हुने

नेपालखबर
असार २, २०८२ सोमबार १७:५२, काठमाडौँ

एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चर प्रालिले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा २ नयाँ मोडल सार्वजनिक गर्ने भएको छ। 

नेक्सन भेन्चरले एलईभी ०५ र एलईभी एक्स गरी दुई नयाँ मोडल ल्याउने भएको हो। 

आगामी साउन २१ बाट २५ सम्म काठमाडौंको भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पो आयोजना हुनेछ।

कम्पनीले नाडा अटो शो २०२५ मा पनि यी गाडीहरु प्रदर्शन गर्ने योजना बनाएको छ। 

एलईभी ०५
एलईभी ०५ प्रिमियम ह्याचब्याक सेग्मेन्टका इलेक्ट्रिक कार हो। यसको लम्बाइ ४२०० एमएम, चौडाइ १७७० एमएम र उचाइ १६१० एमएम छ। 

यो कारमा  २६५० एमएम लामो ह्विलबेस छ। १७ इन्चको अलोय ह्विल रहेको एलईभी ०५ मा १७५ एमएम ग्राउन्ड क्लियरेन्स छ। 

एलईभी ०५ लाई कम्पनीले ५० किलोवाटको फ्रन्ट ह्विल ड्राइभ मोटरमा ल्याउने छ। यो यसको अधिकतम टर्क १८० न्युटन मिटर छ।

यो कारमा सेग्मेन्ट फस्ट सबैभन्दा ठूलो साइजको ब्याट्री प्याक छ। एलईभी ०५ मा ५६ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक छ। जसले सिंगल चार्जमा ४०० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ। 

यो कारलाई ६० किलोवाटको डीसी फास्ट चार्जर र ७ किलोवाटको एसी चार्जरले चार्ज गर्न सकिन्छ।

एलईभी एक्स
नेक्सन भेन्चरले लन्च गर्न लागेको अर्को मोडल एलईभी (एक्स) हो।

क्रसओभर एसयूभी डिजाइनको यो ईभी यसअघि नै नेपाली बजारमा बिक्री भइरहेको एलईभी ०१ को फोरह्विल ड्राइभ भर्सन हो। एलईभी एक्समा मोटर पावरको साथै केही फिचर थप भएर आउनेछ। 

एलईभी एक्समा फ्रन्ट र रियर गरी २०० किलोवाटको मोटर रहनेछ। यसमा ७७ किलोवाट आवरको ठूलो साइजको ब्याट्रीप्याक रहनेछ।

एलईभी एक्सको ड्यासबोर्डमा नयाँ डिजाइनको एसी भेन्ट आएकोे छ । साथै यसको फ्रन्टमा हाइड्रोलिक बोनेट र थप लगेज स्टोरेजकोे लागि फ्रङ्स समेत थपिएको छ।

नेक्सन भेन्चरले एलएस अटोको नयाँ शोरुम तीनकुने एयरपोर्ट कार्गो टर्मिनल अगाडि सञ्चालनमा ल्याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad