नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले व्यवसायमैत्री बजेट आएको भन्दै प्रशंसा गरेको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार ल्याएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटको नाडाले खुलेर प्रशंसा गरेको हो।
‘नेपालको अटोमोबाइल व्यवसायलाई गतिशील एवं चलायमान बनाउन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले विभिन्न मितिमा नेपाल सरकारको मन्त्रालय एवं विभागहरुमा विभिन्न नीतिगत सुझावहरु एवं सल्लाहहरु दिएको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘नाडाको नीतिगत सुझावहरुलाई मनन गरी आर्थिक वर्ष २०८२/०८३ को बजेट अटोमोबाइलमैत्री आएको छ।’
खासगरी यस बजेटले नेपालको अटोमोबाइल क्षेत्रको वर्षौँदेखिको माग र आवाजलाई समेटेको नाडाको बुझाइ छ।
‘यो बजेट व्यवसायमैत्री रहेको र यसले उद्यमी र व्यवसायीहरुलाई प्रोत्साहित मात्र गरेको छैन, अपि तु यसले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने छ भन्ने गहिरो आशा राखेका छौँ’, नाडाले भनेको छ।
अब आउँदो मोद्रिक नीति समेत यसैअनुरुप आउने अपेक्षा नाडाले गरेको छ।
‘नाडाको आवाजलाई सरकारले बजेटमार्फत सम्बोधन गरेकोमा हामी नेपाल सरकारप्रति हार्दिक आभारसहित धन्यवाद प्रकट गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।
Shares

प्रतिक्रिया