बलिउड अभिनेत्री प्रिया गिल फिल्म ‘जोश’ मा शाहरुख खानको अपोजिटमा देखिएकी थिइन्। शाहरुखसँगको काम गर्दाको पुरानो अन्तर्वार्ता अहिले चर्चामा छ।
अन्तर्वार्तामा उनले शाहरुखसँग काम गर्दाको आफ्नो अनुभव सुनाएकी थिइन्। उनले फिल्मको त्यो दृश्य पनि उल्लेख गरिन्, जहाँ उनले शाहरुख खानलाई थप्पड हानेकी थिइन्। शाहरुखलाई थप्पड हान्नु फिल्म करिअरकै सबैभन्दा लाजमर्दो कुरा भएको प्रियाले उल्लेख गरेकी छिन्।
त्यो क्षणको बारेमा कुरा गर्दै अभिनेत्री भन्छिन्, ‘गीतको सुरुमा मैले उनलाई थप्पड हान्नै पर्यो। हामी गोवामा यो दृश्य बारम्बार गरिरहेका थियौँ। र मन्सुरले मलाई राम्रोसँग भएन भन्दै थिए। मैले भने, ‘ठीक छ, र म प्रयास गरिरहें। शाहरुखले पनि मलाई हिर्काउन भने। मैले उसलाई मुक्का हान्नै पर्यो। म आफूलाई रोक्न सकिनँ। हे भगवान, म यो कहिल्यै बिर्सने छैन।’
प्रियाका अनुसार शाहरुख खानलाई थप्पड हानेपछि सेटमा पूर्ण सन्नाटा छाएका थियो।
उनी भन्छिन्, ‘मलाई लाग्छ त्यहाँ पूर्ण सन्नाटा थियो। सबैजना मौन थिए, क्यामेरा घुमिरह्यो। मलाई लाग्छ प्रतिक्रिया देखेपछि निर्देशकले कट भन्न बिर्सनुभयो। मलाई याद छ, क्यामेराम्यान केभीले मलाई भनेको थियो, तिमीले शाहरुखलाई हिर्काएको कारण केटीहरूले तिमीलाई घृणा गर्नेछन्।’
प्रियाले ‘तेरे मेरे सपने’ बाट आफ्नो अभिनय करिअर सुरु गरेकी थिइन्। उनले हिन्दी बाहेक तमिल, तेलुगु, पञ्जाबी, मलयालम र भोजपुरी सिनेमामा काम गरेकी छिन्। उनी अन्तिम पटक २००६ मा फिल्म ‘भैरवी’ मा देखिएकी थिइन्।
Shares

प्रतिक्रिया