कारोबार


सीएफमोटोको ६ दिने एड्भेन्चर राइड अपर मुस्ताङ, चिनियाँ र भारतीय राइडर पनि सहभागी

सीएफमोटोको ६ दिने एड्भेन्चर राइड अपर मुस्ताङ, चिनियाँ र भारतीय राइडर पनि सहभागी

नेपालखबर
जेठ ७, २०८२ बुधबार ११:४९, काठमाडौँ

सीएफमोटो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ६ दिने एड्भेन्चर राइड अपर मुस्ताङ सम्पन्न गरेको छ।

गत वैशाख २५ गते नक्सालस्थित सीएफमोटो शोरुमबाट प्रारम्भ भएको सो राइडमा १७ राइडर र १३ क्रु राइडरको सहभागी थिए। सो राइड वैशाख २९ गते अपर मुस्ताङमा पुगी काठमाडौं फर्केर समापन भएको थियो। 

सो राइडमा १४ नेपाली राइडर थिए भने १ चाइनिज र २ भारतीय राइडरको सहभागिता थियो। काठमाडौंबाट सुरु भएको सो राइड पोखरा हुँदै मुक्तिनाथ, लो मान्थाङ र कोरला बोर्डरसम्म पुगेको थियो । राइड एड्भेन्चर र फनले भरिपूर्ण भएको आयोजक कम्पनी ऋषि ट्रेड सेन्टरका महाप्रबन्धक उज्वल जोशीले बताए। 

सो राइडमा डाक्टर, इन्जिनियर, पाइलट, व्यापारी र विद्यार्थीलगायतका विभिन्न पेसा व्यवसायमा आबद्ध २३ देखि ६४ वर्षसम्मका तीनपुस्ते राइडरहरुको सहभागिता रहेको थियो।

एड्भेन्चर सेगमेन्टमा विश्वभर ख्यातिप्राप्त सीएफमोटो ४५० एमटी बाइक नेपालमा पनि उत्तिकै मन पराइएको बाइकको रुपमा छुट्टै पहिचान बनाउन सफल रहेको कम्पनीको भनाइ छ।

ऋषि ट्रेड सेन्टर अर्थात् सीएफमोटो नेपालले सो राइड एभरेस्ट बाइकर्स नेपालको सहकार्यमा आयोजना गरेको हो।

यो राइडले नेपालको टु–ह्विलर टुरिजमलाई अन्तर्राष्ट्रिय बजारमा समेत परिचित गराउनुका साथै नेपालको संस्कृति र हेरिटेजको समेत प्रचार गरेको कम्पनीको भनाइ छ। सो राइडले सीएफमोटो ४५० एमटीको असली पर्फमेन्सलाई समेत पुष्टि गरेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad