कारोबार


नवनियुक्त गभर्नरलाई अर्थमन्त्रीको बधाई, वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गर्दै अघि बढ्ने

नवनियुक्त गभर्नरलाई अर्थमन्त्रीको बधाई, वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गर्दै अघि बढ्ने

नेपालखबर
जेठ ७, २०८२ बुधबार ११:५८, काठमाडौँ

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले भेट गरेका छन्।

बुधबार बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेलसँग भेटघाट गरेका हुन्। 

अर्थमन्त्री पौडेलले गभर्नरमा नियुक्त भएकामा पौडेललाई बधाइसहित सफल कार्यकालको शुभकामना दिएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

भेटका क्रममा अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्ने उल्लेख गर्दै नवनियुक्त गभर्नर पौडेलले अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखा परेका समस्या समाधानमा महत्त्वपूर्ण पहल गर्ने विश्वास व्यक्त गरे।

नवनियुक्त गभर्नर पौडेलले अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्त नीति कार्यान्वयनमा सहयोग पुर्‍याउने बताए। उनले वित्तीय क्षेत्रको प्रभावकारिताका लागि राष्ट्र बैंकको सुपरिवेक्षकीय क्षमतामा जोड दिने बताए। 

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायत नवनियुक्त गभर्नर पौडेललाई बधाइ तथा शुभकामना  दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad