चैत ११ गते सार्वजनिक भएको हुन्डाई क्रेटा ईभी अहिले अटो पारखीमाझ चर्चामा छ।
नेपालमा १० हजार बढी बिक्री भएको क्रेटा विद्युतीयमा आउँदा ग्राहकको चासो बढाएको छ।
हुन्डाईले थापाथलीमा राखेको विद्युतीय मोडलको डेडिकेटेड शोरुममा ग्राहकको आँखा नै क्रेटा ईभीले तानिरहेको हो।
‘कोना’ बिक्री गरी विद्युतीय गाडीको इकोसिस्टम बनाएको हुन्डाईले क्रेटा सार्वजनिकपछि डेलिभरी पनि सुरु गरिसकेको छ।
२ वटा भेरियन्टमा उपलब्ध क्रेटा रेगुलर रेन्जमा ४२ किलोवाट ब्याट्री र ९९ किलोवाट मोटरसहित छ। यसले १३५ पावर र २५५ एनएमको टर्क जेनेरेट गर्छ।
त्यस्तै एक्जुकेटिभ, स्मार्टे र फुल अप्सनमा प्रिमियम प्लसमा आउने क्रेटा लामो रेन्जमा ५१.४ किलोवाट ब्याट्री र १२६ किलोवाटको मोटरको हुन्छ।

क्रेटाको न्यु लुक्सले धेरैलाई आकर्षित गरिरहेको छ। क्रेटाको स्टेयरिङमा ४ वटा डट दिइएको छ भने एच सिम्बोलमा मोर्स कोडमा दिइएको छ।
टिल्ट र टेलिस्कोपी स्टेयरिङ ह्विल रहेको क्रेटामा इन्स्ट्रुमेन्टल कल्स्टर डिजिटल छ भने १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम छ।
गाडीमा आफूअनुकूल एसीको कन्ट्रोल गर्न सकिन्छ। एकल यात्रा गर्दा डाइभिङ सिटमा मात्रै प्रयोग गर्न सकिने समेत फिचर दिइएको छ।
यसले गाडीको रेन्ज बढाउन सहयोग पुर्याउँछ।
६ वटा एयरब्याग रहेको गाडीमा इलेक्ट्रोनिक्स स्टेबिलिटी कन्ट्रोल विथ ट्र्याक्सन, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट, डाउनहिल कन्ट्रोल ब्रेक, इलेक्ट्रिक पार्किङ हेन्डब्रेक र अटो होल्डको फिचर छ।

गाडीमा तीनवटा ड्राइभ मोड छन्। सडकको अवस्थाअनुसार इको, नर्मल र स्पोर्ट मोडमा कुदाउन पाइने सुविधा छ। गाडीमा प्यानारोमिक सनरुफ छ।
५ सिटर क्रेटाका सिटहरु रिसाइकल गर्न मिल्ने वस्तुको प्रयोग गरी बनाइएका छन्। ड्राइभिङ सिट आफूअनुकूल बनाउन ६ तरिकामा परिवर्तन गर्न सकिन्छ।
क्रेटाको सुरुवाती भेरियन्ट एक्जुकेटिभको ५१ लाख ९६ हजार मूल्य छ।
त्यसैगरी स्मार्टी ५६ लाख ९६ हजार र फुल अप्सनको ५९ लाख ९९ हजार रुपैयाँ छ। गाडी ५ वटा कलर मेटालिक र ३ कलर म्याटमा उपलब्ध छ।
कम्फर्ट एन्ड कन्भिनेन्सको लागि रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पावर एडजस्मेन्ट ड्राइभर सिट, वायरलेस चार्जर, स्मार्ट प्यानारोमिक सनरुफ लगायतका फिचर छन्। फिचर्सहरुमा वायरलेस चार्जर, फास्ट चार्जरको लागि टाइपसीको सुविधा पाइन्छ।

८ स्पिकर साउन्ड सिस्टम रहेको गाडीमा भ्वाइस कमान्ड फिचर्ससहित प्यानारोमिक सनरुफ छ। गाडीमा ७० वटा कनेक्टेड फिचर र हुन्डाई स्मार्टसेन्स लेभल २ एडाससहितका १९ फिचर्स छन्।
२०० एमएम ग्राउन्ड क्लियरेन्स रहेको क्रेटा ७.९ सेकेन्डमै १०० किमिको गति लिन सक्षम छ भने माइनस ३५ डिग्रीसम्म चल्न सक्छ।
११ किलोवाटको स्मार्ट चार्जरबाट ४ घण्टामै फुल चार्ज हुने यो गाडी डिसी फास्ट चार्जरबाट १ घण्टामै ८० प्रतिशत चार्ज हुन्छ। गाडीको ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किमिसम्मको वारेन्टी छ।

प्रतिक्रिया