अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रले विद्युतीय गाडी नेपालमै एसेम्बल गर्न ध्यान नदिएको बताएका छन्।
नाडा अटो डाइलगमा सचिव उपाध्यायले अल्पकालीन नाफामा लाग्दा उत्पादनमूलक उद्योगमा ध्यान नदिएको बताएका हुन्।
‘निजी क्षेत्रले तत्कालको नाफा मात्रै हेरेर ट्रेडिङमा बढी ध्यान दिएको छ’, सचिव उपाध्यायले भने, ‘नेपालमै विद्युतीय गाडीको एसेम्बल गर्न किन सकिँदैन।’
उनले विद्युतीय गाडीलाई प्रवर्द्धन गरिरहे पनि अब हाइड्रोजनतिर जाँदा बढी फाइदा हुने बताए।
कार्यक्रममा राष्ट्रपति कार्यालयका सचिव रामप्रसाद घिमिरेले नेपालमा सबै ठाउँमा पूर्वाधार पुर्याइसकेकाले पनि अब संरचना बनाउँदा ‘रिटर्न’ हेर्नुपर्ने बताए।
45
Shares

प्रतिक्रिया