बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले पोखरामा चलिरहेको वाडा अटो शो २०२५ मा सहभागिता जनाएको छ।
पोखरा प्रदर्शनी केन्द्रमा फागुन १४ देखि प्रारम्भ भएर आगामी फागुन १७ सम्म चल्ने उक्त अटो शोमा बीवाईडीले दिगो यातायात समाधानको मिसनका साथ बीवाईडी डल्फिन, एट्टो ३ र एम६ गरी विभिन्न तीन मोडलका सवारीसाधन प्रदर्शन गरेको हो।
शोमा आकर्षक ईभी मोडल प्रदर्शन गर्नुका साथै अटो शोमा सवारीसाधन किन्ने ग्राहकका लागि बीवाईडीले सीमित समयका लागि एक्सक्लुसिभ अफर समेत ल्याएको छ।
सो अफरअन्तर्गत २० प्रतिशत डाउन पेमेन्ट, १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी, १ वर्ष फ्रि इन्स्योरेन्स, १ वर्ष रोड ट्याक्स कभरेज, आकर्षक नगद छुट, फ्रि एसेसरिज र फ्रि होम चार्जर पाइने बीवाईडीले जनाएको छ। तर यसमा शर्तहरु लागू हुनेछन्।
वाडा अटो शो २०२५ का अवलोकनकर्ताहरुले बीवाईडीका अत्याधुनिक ईभीका साथै पछिल्लो समयमा भएका इनोभेसन तथा यसका लागि आवश्यक फाइनान्सिङ र सर्भिसका वारेमा बीवाईडी टिमबाट आवश्यक जानकारी समेत लिन सक्ने कम्पनीले उल्लेख गरेको छ।
Shares

प्रतिक्रिया