कारोबार


बराल ग्रुपले ल्यायो वाडा अटो सोको लागि आकर्षक अफरहरू

बराल ग्रुपले ल्यायो वाडा अटो सोको लागि आकर्षक अफरहरू

नेपालखबर
चैत १४, २०८१ बिहिबार २०:३०, काठमाडौँ

बराल ग्रुपअन्तर्गत सञ्चालनमा रहेको एलिट मोटर्स प्रा. लि. र एसएसएल मोटर्स कम्पनी प्रा. लि.ले ‘वाडा अटो सो २०२५’ को लागि आकर्षक अफरहरू सार्वजनिक गरेका छन्। 

एलिट निसान, ओमोडा एन्ड जेइको, र जिकरका लागि लागि आधिकारिक डिलर रहेको छ भने एसएसएल लिपमोटर र सिट्रनका लागि आधिकारिक डिलर रहेको छ। 

नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा)द्वारा आयोजना भएको ‘वाडा अटो सो २०२५’ मा नेपालको अटोमोबाइल बजारका चर्चित कम्पनीहरू शारडा ग्रुप र गोल्छा अर्गनाइजेसन आदिको सहकार्य र सहभागिता रहेको छ। अत्याधुनिक अटोमोटिभ ब्रान्ड र विशेष अफरहरूको भव्य प्रदर्शनीको रुपमा रहेको ‘वाडा अटो सो २०२५’, पोखराको अमरसिंह मैदानमा आजदेखि सुरु भएको छ भने यो शो १८ गतेसम्म (तदनुसार २७ मार्चदेखि ३१ मार्च २०२५) आयोजना हुनेछ।

अटो प्रदर्शनीमा एलिट मोटर्सले विभिन्न प्रिमियम अटोमोटिभ ब्रान्डहरू प्रस्तुत गरेको छ। जहाँ सहभागी तथा दर्शकहरूले अत्याधुनिक गाडी अनुभव गर्नुका साथै सीमित समयका लागि विशेष अफरहरूको लाभ लिन सक्नेछन्। प्रदर्शनीमा शारडा ग्रुपअन्तर्गत ओमोडा एन्ड जेइको, निसान, र जिकर ब्रान्डहरू स्टल नम्बर ‘ए-सिक्स’ र ‘ए-सेभेन’मा प्रस्तुत गरिनेछ। यस्तै गरी, गोल्छा ग्रुपले स्टल नम्बर ‘ए-टु’ मा ‘लिपमोटर’ र ‘सिट्रन’ ब्रान्डका गाडीहरू प्रदर्शन गर्नेछ।

ओमोडा एन्ड जेइकोको स्टलमा विशेष वार्षिकोत्सव(एनिभर्सरि) लाभहरूसहित ‘वन यियर अफ इनोभेसन’ को उत्सव(ब्रान्डको नेपालमा पहिलो वार्षिकोत्सव) मनाइनेछ। सीमित अवधिका लागि, ग्राहकहरूले नयाँ ओमोडा एन्ड जेइको गाडी ५५ लाख ९९ हजार रुपैयाँको सुरुवाती मूल्यबाट बुकिङ तथा खरिद गर्न सक्नेछन्, जसमा ५ लाख १५ हजार रुपैयाँबराबरको लाभ समावेश हुनेछ ।

यी लाभहरूमा नगद छुट, आकर्षक एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क बीमा, साथै ब्याट्री र मोटरमा ८ वर्ष (वा १,६०,००० किलोमिटर)को उत्कृष्ट वारेन्टी समावेश छन् । त्यसैगरी, ग्राहकहरूले निःशुल्क ७ किलोवाट वाल चार्जर र एक वर्षको निःशुल्क सडक कर पनि प्राप्त गर्नेछन् ।

जिकरले पनि ग्राहकहरूका लागि विशेष अफरहरू ल्याएको छ जसअन्तर्गत नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क ७ किलोवाटको चार्जर, र चालु आर्थिक वर्षको लागि निःशुल्क सडक कर समावेश छन्।

साथै, निसान म्याग्नाइटको नयाँ फेसलिफ्ट संस्करण, सुरुवाती मूल्य ३४ लाख ७५ हजार रुपैयाँसहित प्रदर्शनमा रहेको छ । यसमा २६ हजार ३२० रुपैयाँ मासिक किस्तासहित आकर्षक फाइनान्सिङ सुविधाहरू समेटिएको छ। त्यसैगरी ग्राहकहरूले एक वर्षको विस्तृत बीमा, चालु आर्थिक वर्षको लागि निःशुल्क सडक कर, र तीन वर्षसम्म निःशुल्क सर्भिसिङ तथा वारेन्टीको सुविधा प्राप्त गर्नेछन् ।

त्यसैगरी लिपमोटरले ‘वाडा मा नाडा अफर’ घोषणा गरेको छ, जसअन्तर्गत लिपमोटर ‘सि-टेन’ ६७ लाख ९९ हजार रुपैयाँको विशेष मूल्यमा बुक गर्न सकिनेछ। वाडा विशेष अफरहरूमा २० प्रतिशत डाउनपेमेन्ट, निःशुल्क ७ किलोवाटको चार्जर, निःशुल्क सडक कर आदि छन् भने अटो सोमा स्टल नम्बर ‘ए-टु’ भ्रमण गर्ने ग्राहकहरूले लिपमोटरको तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरूपनि प्राप्त गर्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad