ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले विकास निर्माणको हिसावमा ललितपुर महानगरपालिका पुलमय भएको बताएका छन्।
बिहीबार ललितपुर महानगरपालिका वडा नम्बर १४, २६ र २५ जोड्ने नख्खु खोलामा निर्मित पुल उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
उनले महानगपालिकाले नगरवासीको सुविधालाई ध्यानमा राखेर आवश्यक स्थानमा पुल निर्माण गरिरहेको बताए। मेयर महर्जनले चक्रपथको कुसुन्ती क्षेत्रमा सडक पार गर्ने क्रममा ट्राफिक दुर्घटना परेर १६ जनाले ज्यान गुमाएको बताए।
महानगरपालिका चक्रपथ क्षेत्रमा पुल र बत्तीको समस्याका कारण धेरै दुर्घटना हुने गरेको भन्दै उनले पुल निर्माण र सडक बत्ती जडान गरेर नगरवासीलाई सहजता प्रदान गर्न आफू लागि परेको जानकारी दिए। अपाङ्गतामैत्री पुल निर्माण आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ।
उनले भने, ‘हामीले दुईटा कुराको व्यवस्थापन गर्न गइरहेका छौँ। एउटा अपाङ्गगतामैत्री पुल निर्माण गर्ने काम भयो। अर्को चाहिँ त्यहाँ बत्ती छैन, तर हामीले बत्ती राख्नका लागि सबै काम भइसकेको छ। ठेकेदार पनि मुबिलाइज भइसक्या छ र आउँदो दशैँसम्म बत्ती राख्छौँ भनेको छ।’
मेयर महर्जनले रात्रीकालिन अवस्थामा हवाई जहाजबाट काठमाडौँ उपत्यका छिर्ने बित्तिकै जुन शहर उज्यालो देखिन्छ त्यो ललितपुर महानगरपालिका हुनेगरी बत्ती राख्ने काम सुरु भएको बताए।
Shares

प्रतिक्रिया