कारोबार


चितवनमा सार्वजनिक भए टाटाका नयाँ ईभी

चितवनमा सार्वजनिक भए टाटाका नयाँ ईभी

नेपालखबर
फागुन २८, २०८१ बुधबार १६:४९, काठमाडौँ

सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाको नेपालमा हालै लन्च भएको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा टियागो ईभी - २०२५ चितवनमा लन्च गरेको छ।

चितवनस्थित चितवन गार्डेन रिसोर्टमा बहुप्रतीक्षित गाडीहरु कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा टियागो ईभी - २०२५ लन्च भएका छन्। 

सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालिका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख महाप्रबन्धक  सावन्त जंग सिजापती, टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको साथ सुमन कुमार श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनका अध्यक्षको प्रमुख आतिथ्यमा ईभी सार्वजनिक गरिएको थियो।  

कार्यक्रममा सिप्रदी  ट्रेडिङका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले टाटा ईभीका नयाँ मोडलहरु चितवनमा लन्च गर्न पाउँदा उत्साहित भएको बताए। 

उनले कर्भ.इभी डिजाइन, प्रिमियम फिल, सेफ्टी फिचर, उत्कृष्ट साउन्ड सिस्टम र नेपाल बाटोघाटोलाई सुहाउने प्रिमियम गाडी भएकोले प्रिमियम एसयूभी लिन खोज्ने ग्राहकहरुको पहिलो रोजाइमा पर्नेमा ढुक्क भएको उल्लेख गरे। 

उनका अनुसार नेक्सन के३ ईभी अझै ठूलो ब्याट्रीमा धेरै रेञ्जमा आएको छ। टियागो ईभी २०२५ मोडेल नयाँ लुक्स, नयाँ सुविधाहरू तर पुरानै मूल्यमा आएको छ। अब ग्राहकहरुले नेपालको बाटो सुहाउँदो, सुरक्षित टाटाको गाडीहरु आफ्नो बजेट र इच्छाअनुसारले रोज्न सक्ने उनको भनाइ छ।   

त्यस्तै सफल मोटर्सका प्रबन्ध निर्देशक गोपाल भट्टराईले टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरु लन्च गर्न पाउँदा हर्सित भएको बताए।

टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले टाटा र सिप्रदी बिक्रिपछिको सेवाको लागि तत्पर लागिरहेको र ग्राहकहरुलाई टाटा मोटर्सको स्टाइलिस, प्रिमियम नयाँ गाडीहरु ढुक्क भएर लिन आग्रह गरे।

आजबाट चितवनको ग्राहकहरुले सफल मोटर्सको शोरुममा गएर लन्च भएको नयाँ गाडीहरु कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा टियागो ईभीको टेस्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad