खेल


दशौँ राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय स्थापना

दशौँ राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय स्थापना

नेपालखबर
फागुन २५, २०८१ आइतबार १८:१२, सुर्खेत

कर्णाली प्रदेशमा आगामी २०८२ जेठ ३ देखि १० गतेसम्म सञ्चालन हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिको सचिवालय स्थापना भएको छ। 

आइतबार मूल आयोजक समितिका अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सचिवालयको ब्यानर अनावरण गरेका हुन्।

सचिवालय स्थापना भएसँगै प्रतियोगिता सञ्चालन हुनेमा आशा जगाएको छ। सचिवालय स्थापना गर्दै मन्त्री चौधरीले तोकिएकै मितिमा प्रतियोगिता सञ्चालन हुने दाबी गरे।

मूल आयोजक रहेको संघीय सरकारले प्रतियोगिताको तयारी तीव्र पारेको बताउँदै अब कुनैपनि बहानाबाजीमा खेलकुद नरोकिने मन्त्री चौधरीले बताए।

अधिकांश खेलकुद हुने प्रदेश रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए। प्रतियोगिता सञ्चालनमा उब्जिएका शंका र उपशंकालाई चिर्दै तोकिएकै मितिमा खेलकुद सञ्चालन गर्नेगरी तयारी तीव्र पारिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताए।

यस्तै, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनमा विलम्ब गर्न नहुने बताए।

पहिलो पटक हुन लागेको राष्ट्रियस्तरको ठूलो प्रतियोगिताले कर्णालीको गरिमा बढाउने उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले प्रदेशले पाएको जिम्मेवारी बहनमा कुनै समस्या नहुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad