कारोबार


रोहित पौडेल बने लिपमोटर र सिट्रोन नेपालको ब्रान्ड एम्बेसडर

रोहित पौडेल बने लिपमोटर र सिट्रोन नेपालको ब्रान्ड एम्बेसडर

नेपालखबर
फागुन ११, २०८१ आइतबार १८:२४, काठमाडौँ

नेपालमा लिपमोटर, सिट्रोन र प्युजोका आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई लिपमोटर र सिट्रोनका आधिकारिक ब्रान्ड एम्बेसडरको रूपमा अनुबन्ध गरेको छ। 

यो साझेदारी ३ वर्षको अवधिको लागि भएको र यसले लिपमोटर र सिट्रोनको लागि नेपालका अटोमोटिभ बजारमा नयाँ अध्यायको सुरुवात गर्न लागेको कम्पनीले उल्लेख गरेको छ। 

गोल्छा अर्गनाइजेसनको सदस्यको रुपमा साङ्ग्रिला मोटर्स् प्रा.लि.ले  नवप्रवर्तनशील र दिगो सवारीमा सबैको पहुँच पुर्याउने लक्ष्य लिएको जनाएको छ। 

रोहित पौडेलसँगको यो सहकार्यले नेतृत्व, उत्कृष्टता र प्रतिबद्धताको साझा अवधारणालाई प्रतिविम्बित गर्ने कम्पनीको भनाइ छ। 
‘जसरी पौडेलले आफ्नो टोलीलाई मैदानमा कुशल नेतृत्व दिन्छन् त्यसरी नै लीपमोटर र सिट्रोनले नेपालका अटोमोटिव बजारमा उन्नत प्रविधि र विश्वस्तरीय प्रदर्शनका साथ अग्रणी बन्ने लक्ष्य लिएको छ’, कम्पनीले भनेको छ। 

यस साझेदारीले साङ्ग्रिला मोटर्सको दिगो, प्रगति र सफलता मूल्याङ्कन गर्ने नेपाली ग्राहकहरूलाई प्रेरित गर्नेछ र कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाउने कम्पनीको भनाइ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad