कारोबार


टेक्नो एआईमा समावेश भयो डिपसिक

टेक्नो एआईमा समावेश भयो डिपसिक

नेपालखबर
फागुन ११, २०८१ आइतबार १८:३३, काठमाडौँ

स्मार्टफोन ब्रान्ड टेक्नोले डिपसिक एलएलएमलाई टेक्नो एआईमा समावेश गरेर आफ्नो स्मार्टफोनहरूलाई नयाँ स्तर प्रदान गरेको छ। 

यस समायोजनले टेक्नो अझ स्मार्ट र द्रुत बनेको कम्पनीको दाबी छ। 

डिपसिक एलएलएमले टेक्नो फोनहरूलाई अद्भुत एआई क्षमताहरू प्रदान गर्ने र त्यसले भ्वाइस कमान्ड, स्मार्ट क्यामेरा, द्रुत अनुवाद, र उपयोगी टुल्सहरु पहिले भन्दा उन्नत र सहज रूपमा काम गर्दछ। 

डिपसिक एलएलएमसँग टेक्नो एआईले दैनिक कार्यहरूलाई सजिलो र छिटो बनाउँछ जसले विद्यार्थी, व्यवसायी वा प्रविधि प्रेमीहरुको दैनिक दक्षतामा वृद्धि गर्ने कम्पनीले उल्लेख गरेको छ। 

टेक्नोले ठूला डिस्प्ले, शक्तिशाली क्यामेरा र लामो समयसम्म चल्ने ब्याट्रीजस्ता प्रिमियम सुविधाहरूसहित किफायती मूल्यमा अत्याधुनिक प्रविधिहरू प्रदान गर्दै नेपालमा ग्राहकहरुको मन जित्न सफल भएको कम्पनीको भनाइ छ। 

डिपसिक एलएलएममार्फत टेक्नोले एआई इनोभेसनमा नयाँ बेन्चमार्क सेट गर्नलागेको कम्पनीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad