कारोबार


नेपालमा चाँडै सार्वजनिक हुँदै निसान म्याग्नाइट फेसलिफ्ट, इन्टेरियरमा धेरै परिवर्तन

नेपालमा चाँडै सार्वजनिक हुँदै निसान म्याग्नाइट फेसलिफ्ट, इन्टेरियरमा धेरै परिवर्तन

नेपालखबर
फागुन २, २०८१ शुक्रबार १४:३८, काठमाडौँ

नेपाली बजारमा कुनै समय निकै नै चर्चित बनेको निसान म्याग्नाइटको फेसलिफ्ट संस्करण नेपाल भित्रिएको छ।

नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसान म्याग्नाइट फेसलिफ्ट ल्याएको हो।

यसको लन्चिङ समयबारे आधिकारिक जानकारी नदिए पनि केही दिनमै सार्वजनिक गर्ने पायोनियर मोटोकर्पको तयारी छ। हाल यसको परीक्षण चलिरहेको र यही फेब्रुअरी महिनाभित्रै लन्च हुने अनुमान छ।

नेपाली सडकमा पहिले पनि प्रशस्तै निसान म्याग्नाइट उपलब्ध छन्। अब अझै सुधारिएको भर्सनको रुपमा यसको फेसलिफ्ट भर्सन आइपुगेको हो।

यसको ग्रिल र क्रोम वरिपरि पुन: डिजाइन गरिएको फ्रन्ट बम्पर र एलईडी टेल लाइट समावेश गरिएको छ। यसका साथै यसमा १६ इन्चको ड्युअल टोन अलोय ह्विल नयाँ डिजाइनको छ भने फ्रन्ट फग ल्याम्प पनि नयाँ डिजाइनको छ।

यसको इन्टेरियरमा धेरै परिवर्तन गरिएको छ। यसको ड्यासबोर्ड, डोर प्याड र सेन्टर कन्सोल वरपर नयाँ ब्लाक र ओरेन्ज रङको थिम दिइएको छ। यसको ड्यासबोर्ड लेआउट, एसी भेन्ट्सको डिजाइन र स्टेयरिङ ह्विल प्रि-फेसलिफ्ट मोडलभन्दा एकदमै भिन्न छ।

यसमा ८ इन्चको टचस्क्रिन, ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, ४ रङको एम्बियन्ट लाइटिङ र वायरलेस फोन चार्जर जस्ता फिचर समावेश छ। सेफ्टीका लागि यसमा ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, अटो डिमिङ आईआरभीएम र ३६० डिग्री क्यामेरालगायत अन्य फिचर उपलब्ध गराइएको छ।

यसमा १ लिटर नेचुरल्ली एस्पिरटेड पेट्रोल र १ लिटर टर्बो पेट्रोल इन्जिन विकल्प छ। यसको १ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले ७२ पीएस पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ। योसँगै १ लिटर टर्बो पेट्रोल इन्जिनले १०० पीएस पावर र १६० एनएम टर्क जेनेरेट गर्छ।

नेपाली बजारमा उपलब्ध हुने भेरिएन्टबारे समेत कम्पनीले हाल जानकारी सार्वजनिक गरेको छैन। यसको मूल्य समेत पछि सार्वजनिक हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad