चालू आर्थिक वर्षमा गाडीको आयात बढेको छ। साउनदेखि मंसिरसम्म विद्युतीयसँगै पेट्रोल गाडीको आयात समेत बढेको हो।
भन्सार विभागको तथ्यांकअनुसार चालू आवको ५ महिनामा ४ हजार ६९७ वटा विद्युतीय गाडी भित्रिएका छन्।
यो अवधिमा १ हजार ८२० पेट्रोल गाडी र २४९ डिजेलका प्यासेन्जर भेहिकल भित्रिएका छन्।
तथ्यांकअनुसार १५ अर्ब रुपैयाँका कुल निजी गाडी (कार र जिपलगायत) भित्रिएका छन्।
गत आर्थिक वर्षको यही अवधिमा विद्युतीय गाडीको आयात ३ हजार ६८६ गाडी भित्रिएका थिए। जसमा १६ सय ५३ पेट्रोल गाडी र ४०५ डिजेलका गाडी भित्रिएका थिए।
चालू आर्थिक वर्षमा डिजेलका गाडीको आयात भने झन् घटेको छ। गत वर्ष कुल १२ अर्ब ३३ करोड रुपैयाँका निजी गाडी भित्रिएका थिए।
पछिल्लो ३ वर्षमा गाडीको व्यापारमा गिरावट आएको थियो। चालू आर्थिक वर्षको तथ्यांकले भने समग्र अटो बजार चलायमान हुँदै गएको देखिएको हो।
Shares

प्रतिक्रिया