टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा म्याजिक बीएस६ नेपालमा पहिलोपटक सार्वजनिक गरेको छ।
म्याजिकमा सहरी यातायातका लागि अत्याधुनिक प्रविधि, उत्कृष्ट क्षमता रहेको कम्पनीले जनाएको छ।
नेपालगन्जमा एक कार्यक्रम गरी बीएस६ म्याजिक सार्वजनिक गरिएको हो।
कार्यक्रममा बागेश्वरी यातायात प्रा.लि. का अध्यक्ष मन प्रसाद आचार्य, नमस्ते नेपाल यातायात सेवा प्रा.लि. का अध्यक्ष निम बा. चलाउने, सनराइज यातायात प्रा.लि.का अध्यक्ष गोपाल रञ्जितकार, भेरी बस व्यवसायी प्रा.लि. का महासचिव कृष्ण प्रसाद सुवेदी, शुभकामना यातायात प्रा.लि.का अध्यक्ष रेशम खत्री, र गो कर्णाली यातायात प्रा.लि.का अध्यक्ष पदम थापालगायत उपस्थित थिए।
टाटा म्याजिक नेपाली बजारमा पहिलोपटक सन् २००८ मा बीएस२ संस्करणका साथ प्रवेश गरेको थियो।

त्यसपछि बीएस३, बीएस४ हुँदै आज बीएस६ संस्करणसम्म आइपुगेको यस गाडीले नेपाली सवारी साधन बजारमा ९५ प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीको दाबी छ।
हालसम्म ४ हजारभन्दा बढी म्याजिक भ्यान नेपाली सडकमा सफलतापूर्वक सञ्चालनमा छन्।
Shares

प्रतिक्रिया