कारोबार


टाटा मोटर्सको ‘एक्सचेन्ज क्याम्प’ भोलिदेखि, पुराना गाडीसँग टियागो र पन्च ईभी साट्न सकिने

टाटा मोटर्सको ‘एक्सचेन्ज क्याम्प’ भोलिदेखि, पुराना गाडीसँग टियागो र पन्च ईभी साट्न सकिने

नेपालखबर
मंसिर २६, २०८१ बुधबार १८:२४, काठमाडौँ

नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले १२:१२  एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ।

सिप्रदी ट्रेडिङका अनुसार, भोलि (बिहीबार) बाट ३ दिनसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्रान्डका पुराना गाडीहरुलाई डाउनपेमेन्ट राखेर नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त टियागो इभी र पन्च इभी लगायतका गाडीहरु साट्न सकिनेछ। 

यो एक्सचेन्ज क्याम्प डिसेम्बर १२, १३ र १४ तारिक टाटा मोटर्सको देशैभर रहेका शोरुमहरुमा आयोजना हुने बताइएको छ । यस मेलामा सहभागी भएर ग्राहकहरुले टियागो इभी र पन्च इभीमा आकर्षक डिलहरु पाउन सक्नेछन्।

यसका साथै, यस १२:१२ एक्सचेन्ज क्याम्प कार्यक्रममा गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ्ग, १ वर्षको सवारी कर, एक्सेसरिज र बम्पर लक्की ड्रमा आइफोन १६ प्रो प्राप्त गर्नेछन्।

यस कार्यक्रमको अवसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad