हुन्डाई मोटर ग्रुपले तीन भारतीय प्रविधि संस्थासँग साझेदारीको घोषणा गरेको छ।
कम्पनीले ब्याट्री र विद्युतीयकरणका क्षेत्रमा अनुसन्धान प्रणालीमा सहकार्यका लागि तीन इन्डियन इन्स्टिच्युट्स अफ टेक्नोलोजी (आईआईटीएस)सँग साझेदारी गरेको बताएको हो।
आईआईटी दिल्ली, आईआईटी बम्बई र आईआईटी मद्रास हुन्डाईसँग जोडिएका हुन्।
कम्पनीका अनुसार आईआईटी दिल्लीभित्र द हुन्डाई सेन्टर फर एक्सिलेन्स (सीओई) स्थापना भई हुन्डाई मोटर ग्रुपको प्रायोजनमा सञ्चालनमा आउनेछ। यसको मुख्य उद्देश्य ब्याट्री र विद्युतीयकरणको विकासमा नेतृत्व गर्ने हो। खासगरी भारतीय बजार आवश्यकतालाई लक्षित गरी सीओई सञ्चालनमा ल्याइनेछ।
हुन्डाई मोटर ग्रुपका अधिकारीहरु र आईआईटी प्रतिनिधिहरुसामु यससम्बन्धी सम्झौता भएको थियो।
48
Shares

प्रतिक्रिया