कारोबार


केटीएम नेपालको ‘केटीएम ट्रयाक टेस्ट एक्सपिरियन्स’ सम्पन्न

केटीएम नेपालको ‘केटीएम ट्रयाक टेस्ट एक्सपिरियन्स’ सम्पन्न

नेपालखबर
कात्तिक १३, २०८१ मंगलबार १७:३७, काठमाडौँ

केटीएम नेपालले ‘केटीएम ट्रयाक टेस्ट एक्सपिरियन्स’ कार्यक्रम सफलतापूर्वक समापन गरेको जनाएको छ।

यही कात्तिक ९ र १० गते भक्तपुरको एडभान्स राइडिङ एकेडेमीमा आयोजना गरिएको हो। 

‘यो २ दिने कार्यक्रमले २५० भन्दा बढी मोटरसाइकल प्रेमीहरूलाई केटीएमका विभिन्न मोडेलहरूको रोमाञ्चक अनुभव र हट ल्याप च्यालेन्जमा सहभागी हुने अवसर प्रदान गर्‍यो’, कम्पनीले भनेको छ। 

कार्यक्रमको पहिलो दिन सहभागीहरूले विशेष रूपले तयार गरिएको ट्रयाकमा केटीएम २०० ड्युक, २५० ड्युक, २०० आरसि, र ३९० ड्युक मोडेलहरू टेस्ट राइड गर्ने अवसर पाए। साथै अनुभवी राइडरहरूले प्रशिक्षण सत्रहरू सञ्चालन गरेका थिए जसले सहभागीहरूलाई सवारी सीप र सुरक्षा सम्बन्धी महत्त्वपूर्ण सुझावहरू प्रदान गर्दै थप रोमाञ्चक र जानकारीमूलक बनाएको थियो।

दोस्रो दिन हट ल्याप च्यालेन्ज आयोजना गरिएको थियो जहाँ प्रतिस्पर्धीहरू प्रो रेसरहरू, अमेच्योरहरू, र महिला गरी ३ समूहमा विभाजित गरिएका थिए। सहभागीहरूले छ–छ ल्यापको टाइम ट्रायलमा प्रतिस्पर्धा गरेका थिए, जसमा हरेक समूहमा सबैभन्दा छिटो समय निकाल्ने प्रतिस्पर्धीहरूलाई सम्मानित गरिएको थियो।

केटीएम ट्रयाक टेस्ट एक्सपिरियन्सले नेपालमा मोटरसाइकलप्रेमीहरूको समुदायलाई केटीएमको प्रतिबद्धता झल्काउने उत्कृष्ट अवसर प्रस्तुत गरेको कम्पनीको भनाइ छ। 

यसले सवारी सीपमा सुधार र रोमाञ्चक प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्न सफल बनाएको कम्पनीले दाबी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad