कारोबार


ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट चीनमा सम्पन्न

संयुक्त राष्ट्रसंघका आठौँ महासचिव बान कि-मुनको पनि सहभागिता
ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट चीनमा सम्पन्न

नेपालखबर
कात्तिक १२, २०८१ सोमबार १४:३९, काठमाडौँ

ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट(शिखर सम्मेलन) चीनको वुहुमा हालसालै भव्यता रूपमा सम्पन्न भएको छ।

उक्त समिटअन्तर्गतको ‘लार्ज-स्केल ग्रिन च्यारिटी साइक्लिङ इभेन्ट’मा संयुक्त राष्ट्रसंघका आठौँ महासचिव बान कि-मुनले पनि सहभागिता जनाएका थिए। 

सम्मेलनमा ‘ओमोडा एन्ड जेइको’को अभिभावक कम्पनी र आईयूसीएन (इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर) बीच चेरिस नेचर नामक ग्लोबल कोअपरेसन प्रोजेक्ट(सहयोग परियोजना)मा हस्ताक्षरसहित परियोजनाको औपचारिक आरम्भ भएको थियो।

सम्मेलनमा बान कि-मुनले विश्वव्यापी नयाँ ऊर्जा क्षेत्र(ग्लोबल न्यु इनर्जि सेक्टर)मा ओमोडा एन्ड जेइकोको अभिभावक कम्पनीको योगदानप्रति प्रशंसा गरेको कम्पनीले जनाएको छ। उनले दिगो विकासको अवधारणालाई प्रवर्द्धन गर्न र वातावरण संरक्षणको जनचेतना जगाउन ‘ग्रिन साइक्लिङ इनिसिएटिभ’को महत्त्वलाई जोड दिनुका साथै ‘ग्रिन ट्रान्सफर्मेसन’ तथा ‘लो-कार्बन फ्युचर’ हासिल गर्न विश्वव्यापी सहकार्यको लागि आह्वान गरे।

बान कि-मुनको सन्देशपछि दिगो उच्च गुणस्तरीय विकासको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै समाजमा समानुपातिक विकास हासिल गर्न, ओमोडा एन्ड जेइकोको अभिभावक ओमोडा एन्ड जेइकोको अभिभावक कम्पनीले विश्वव्यापी इएसजि (इन्भायरमेन्टल, सोसियल, र गभर्नेन्स) अलाएन्स स्थापना भएको घोषणा गरेको छ। यो पहलले विभिन्न क्षेत्रहरूसँग सहकार्य बढाउँदै "इनोभेसन, ग्रिन, एन्ड सेयरिङ" (नवप्रवर्तन, दिगो, र साझेदारी) मा केन्द्रित ग्लोबल इको-कम्युनिटि निर्माण गर्ने लक्ष्य लिएको छ।

सम्मेलनमा नेपालको तर्फबाट ओमोडा एन्ड जेइको नेपालका ग्राहक तथा उपभोक्ता राजन सापकोटा र मिलन चाम्लिङको पनि सहभागी रहे। आफ्नो ग्रुपभर नै नयाँ ऊर्जाको क्षेत्रमा अग्रणी ब्रान्ड रहेको ओमोडा एन्ड जेइको, ईएसजी इनिसिएटिभको अग्रपङ्क्तिमा रहेर विश्वव्यापी रणनीतिहरूमार्फत स्थानीय विकास(लोकल डेभलपमेन्ट) प्रवर्द्धन गर्दै, प्राविधिक विकासमार्फत प्रणालीगत सुधार तथा नवप्रवर्तन (इनोभेसन) गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ। 

यसका साथै, ओमोडा एन्ड जेइकोले आफ्नो रणनीतिलाई उत्पादन-उन्मुखबाट प्रविधि-उन्मुखतर्फ सफलतापुर्वक परिवर्तन गरेको छ। नयाँ प्रविधि विकासमा प्रयोगकर्ताको माग तथा आवश्यक्तालाई प्राथमिकतामा राखी नयाँ ऊर्जा प्रविधिको साथमा उत्कृष्ट विश्वव्यापी उत्पादन प्रणाली (ग्लोबल प्रोडक्ट सिस्टम) सिर्जना गर्नमा ओमोडा इन्ड जेइको सफल भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad