ad ad

कारोबार


भन्सार नाकामा आइपुग्यो जिकर एक्स, अटो सोमा लन्च हुने

भन्सार नाकामा आइपुग्यो जिकर एक्स, अटो सोमा लन्च हुने

नेपालखबर
भदौ ६, २०८१ बिहिबार १७:४८, काठमाडौँ

लक्जरी एसयूभी जिकर एक्स भन्सार नाकामा आइपुगेको छ।

भदौ ११ देखि सुरु हुने नाडा अटो सोमा सोकेस गर्न सो एसयूभी नेपाल ल्याइएको हो।

नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले जिकर केही दिनमै काठमाडौं भित्र्याउनेछ। 

कम्पनीले यसको रियर ह्विलर र अल ह्विल ड्राइभ भेरिएन्ट नेपाल ल्याउने जानकारी दिँदै मूल्य यसअघि नै सार्वजनिक गरिसकेको छ।

यसअनुसार, यो नयाँ प्रिमियम ईभीको मूल्य क्रमशः ९० लाख र १ करोड ६० लाख पर्ने जनाइएको छ। चिनियाँ अटो निर्माता जिलीअन्तर्गतको प्रिमिमय ईभी ब्रान्ड जिकरले आफ्नो एक्स मोडको सिंगल मोटर भेरिएन्टमा रियर–ह्विल–ड्राइभ तथा डुअल मोटरमा अल– ह्विल–ड्राइभ सिस्टम दिएको छ।

सो नयाँ कम्प्याक्ट एसयूभीमा जिकरले ६६ किलोवाट आवरको ब्याट्री प्याक जडान गरेको छ। यसले सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। 

साथै यसको रियर ह्विल ड्राइभमा २०० किलोवाट तथा अल ह्विल ड्राइमा ३१५ किलोवाट क्षमताको मोटर राखिएको छ।

सिंगल मोटर भेरिएन्टले २०० किलोवाट पिक पावर तथा ३४३ एनएम टर्क र डुअल मोटर भेरिएन्टले ३१५ किलोवाट पिक पावर र ५४३ एनएम टर्क जेनेरेट गर्दछ । स्टार्ट गरेको ३.८ सेकेन्डमै यसले सून्यदेखी १०० किलोमिटर सम्मको गति लिन सक्छ ।

जिकर एक्समा ५ वटा क्यामेरा, ५ मिलिमिटर वेभ राडर र १२ वटा अल्ट्रा सोनिक सेन्सर समेत जडान गरिएको छ । यो कारमा १४.६ इन्चको सेन्ट्रल स्लाइडिङ इन्फोटेन्मेन्ट स्क्रिन, २४।३ इन्चको हेड–अप–डिस्प्ले तथा ८.८ इन्चको इन्स्ट्रयुमेन्ट प्यानल राखिएको छ ।

जीलीको सस्टेनेवल इलेक्ट्रिक आर्किटेक्चरमा तयार पारिएको यो एसयूभीको लम्बाइ ४४५० एमएम, चौडाइ १८३६ एमएम र उचाइ १५७२ एमएम छ भने ह्विलबेस २७५० एमएम लामो छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .