ad ad

राजनीति


बोल्दाबोल्दै शेखरलाई रोकेर देउवाले भने– महाधिवेशन समयमै हुन्छ, किन शंका गरेको?

बोल्दाबोल्दै शेखरलाई रोकेर देउवाले भने– महाधिवेशन समयमै हुन्छ, किन शंका गरेको?

नेपालखबर
साउन २७, २०८१ आइतबार १४:५५, काठमाडौँ

१५ औँ महाधिवेशनबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच सवालजवाफ भएको छ। 

आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेता कोइरालाले कुनै बहानामा आगामी महाधिवेशन रोक्न खोजे दुर्घटनातर्फ जाने बताएका थिए।

देउवाले विगतको आठ वर्षमा गरेको पार्टी नेतृत्वको कुनै समीक्षा नगर्ने बताउँदै उनले अहिलेकै केन्द्रीय समिति बैठकले महाविधेशन मिति सुनिश्चित गर्नुपर्ने बताएका थिए। 

‘२०८२ मंसिरमा १५औँ महाधिवेशन गर्ने सुनिश्चितता यही केन्द्रीय समिति बैठकले गरोस्,’ कोइरालाले भने, ‘यो वा त्यो बहानामा महाधिवेशन सार्ने काम भयो भने त्यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ लैजान्छ।’

कोइरालाले उक्त भनाइ राख्दाराख्दै देउवाले त्यसको प्रतिवाद गरे। शेखर बोल्दाबोल्दै देउवाले उनलाई रोकेर जवाफ दिएका थिए।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, देउवाले महाधिवेशन समयमै हुने ठोकुवा गरे। 

‘२०८२ मा महाधिवेशन हुन्छ हुन्छ, किन शंका गरेको?,’ देउवाको भनाइ उद्धृत गर्दै ती सदस्यले भने।

बैठकमा कोइरालाले निर्वाचनपछि पार्टी खुम्चिएको, विधान संशोधन गरेर संगठनको काम चुस्त बनाउनुपर्ने लगायतका धारणा राखेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .