ad ad

कारोबार


टाटा मोटर्सको ‘श्रावणमै दशैँ अफर’, जुनसुकै ब्रान्डसँग टियागो साट्न सकिने

टाटा मोटर्सको ‘श्रावणमै दशैँ अफर’, जुनसुकै ब्रान्डसँग टियागो साट्न सकिने

नेपालखबर
साउन २४, २०८१ बिहिबार १७:१४, काठमाडौँ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले श्रावणमै दशैँ कार्यक्रम आयोजना गर्न लागेको छ। 

कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो ईभी साट्न सकिनेछ।

ग्राहकवर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरुप्रतिको रुचि तथा चाहनाहरुलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथली लगायत देशैभरका शोरुमहरुमा यही २५ देखि २७ गतेसम्म एक्सचेन्ज कार्यक्रम आयोजना गर्न लागिएको हो । 

यस कार्यक्रममा निःशुल्क रुपमा अटोप्लस इन्स्योरेन्स, ३ वर्षको सर्भिसिङ्ग, १ वर्षको सवारी कर, एक्सेसरिज तथा आकर्षक एक्सचेन्ज बोनस लगायतका सुविधाहरु प्राप्त गर्न सकिनेछ ।  

साथै श्रावणमै दशैं कार्यक्रममा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन्।

यस कार्यक्रममा सहभागी भई नयाँ टाटाका विद्युतीय गाडीहरु खरिद गरेर फाइदा उठाउन कम्पनीले आग्रह गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .