ad ad

कारोबार


बक्यौता रहेका सबै उद्योगको टीओडी मिटरको विवरण लेखा समितिमा पुग्यो

बक्यौता रहेका सबै उद्योगको टीओडी मिटरको विवरण लेखा समितिमा पुग्यो

नेपालखबर
साउन २४, २०८१ बिहिबार १७:१९, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनबाट बिजुली प्रयोग गरेका सबै उद्योगको टीओडी मिटरको तथ्यांक संसद्को सार्वजनिक लेखा समितिमा बुझाएको छ।

प्राधिकरणले बिहीबार टीओडी मिटरको तथ्यांक संसद्को सार्वजनिक लेखा समितिमा बुझाएको प्रवक्ता चन्द्रकुमार घोषले नेपालखबरलाई जानकारी दिएका हुन्। 

‘बक्यौता रहेका सबै उद्योगको विवरण सार्वजनिक लेखा समितिमा बुझाएका छौँ’, उनले भने। 

लेखा समितिले गत सोमबार बक्यौता रहेका उद्योगहरुको टीओडी मिटरको सबै विवरण बुझाउन  प्राधिकरणलाई पत्र काटेको थियो। 

समितिको पत्रसँगै प्राधिकरणले सबै विवरण समितिमा पेस गरेको हो। 

उद्योगीहरु र प्राधिकरणबीच वर्षौँअघिको महशुल बक्यौता विवाद चलिरहेको छ। 

पछिल्लो समय उक्त विवाद चर्किँदै गएपछि वर्तमान सरकारले प्रमाण दिएर बक्यौता उठाउनुपर्ने भन्दै उद्योगीलाई साथ दिएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अर्थमन्त्री विष्णु पौडेलसम्मले प्रमाणविना प्राधिकरणले उद्योगीसँग बक्यौता उठाउन नसक्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। 

यता प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भने उद्योगहरुसँग जसरी पनि बक्यौता असुल गरिछाड्ने पक्षमा छन्। 

सोहीअनुसार ६ अर्ब ४३ करोड बक्यौता र त्यसको २५ प्रतिशत जरिवानासहित प्राधिकरणले उद्योगहरुलाई बिल काटेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .