ad ad

कारोबार


एक्साइड ब्याट्रीका डिलरहरूले गरे जापान भ्रमण

एक्साइड ब्याट्रीका डिलरहरूले गरे जापान भ्रमण

नेपालखबर
असार २५, २०८१ मंगलबार १३:४३, काठमाडौँ

एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले हालसालै आफ्ना च्यानल पार्टनरहरुलाई सात दिने जापान भ्रमण गराएको छ।

उक्त भ्रमणमा तिरुपति बालाजी टायर वल्र्ड, भट्टराई एण्ड ब्रदर्स सप्लायर्स, आरबी इलेक्ट्रिक एण्ड इलोक्ट्रोनिक्स, शिव शक्ति सप्लायर्स, चण्डेश्वरी इलेक्ट्रिक एण्ड इलोक्ट्रोनिक्स सप्लायर्स र आँचल इलोक्ट्रोनिक्स ट्रेडका प्रतिनिधिहरु सहभागिता थियो। 

एक्साइड ब्याट्रीका वरिष्ठ महाप्रबन्धक सुरेश कुमार तिवारीले नेतृत्व गरेको जापान भ्रमणका क्रममा च्यानल पार्टनरहरुलाई मायाको चिनो पनि प्रदान गरिएको थियो।   

भ्रमणका क्रममा प्रतिनिधिहरुले जापानको प्रमुख सहर टोकियो, ओसाका र नारितामा अवस्थित विभिन्न पर्यटकीय आकर्षणहरुको अवलोकन गरेका थिए। यस्ता आकर्षणहरु कनाउजी टेम्पल, आसाकूसा टेम्पल, आराशियामा ब्याम्बू ग्रुभ, माउन्ट फुजी, आक्वा लाइन, सूमीदा रिभर, टोकियो डिसनी ल्याण्ड आदि  हुन्।  

यसअघि यसैगरी च्यानल पार्टनर हरुलाई युरोप भ्रमण गराइएको थियो। एक्साइड ब्याट्रीका अनुसार यस्ता भ्रमणहरुले कम्पनी र च्यानल पार्टनरबिचको सम्बन्ध अझ बलियो र पारस्परिक रुपमा फलदायी हुने बताए। भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने कम्पनीले जनाएको छ। 

गाडी, मोटरसाइकल, इन्भर्टर र सोलारसम्बन्धी एक्साइड ब्राण्डका उच्चस्तरीय  ब्याट्रीहरु  बजारमा उपलब्ध छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .