ad ad

खेल


युरोपियन कप : पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै

युरोपियन कप : पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै

नेपालखबर
असार २५, २०८१ मंगलबार १३:५०, काठमाडौँ

युरोपियन कपको पहिलो सेमिफाइनलमा आज (मंगलबार) मध्यराति स्पेन र फ्रान्स भिड्दै छन्।

म्युनिखको म्युनिख फुटबल एरिनामा हुने पहिलो सेमिफाइनल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ।

जर्मनीलाई २–१ गोल अन्तरले हराउँदै स्पेन सेमिफाइनलमा पुगेको हो।

समूह चरण र नकआउट चरणको खेललाई हेर्ने हो भने फ्रान्सभन्दा स्पेन बलियो देखिएको छ।

फ्रान्सका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले सेमिफाइनलमा फुटबलको सुपर पावर टोली स्पेन उत्कृष्ट प्रतिद्वन्द्वी रहेको बताए।

उनले भने, ‘उनीहरू एक टिमको रुपमा शक्तीशाली मात्र हैन, शारिरिक रूपमा बलियो, एकदमै छरितो र व्यक्तिगत रूपमा पनि उत्कृष्ट खेलाडी छन्। उनीहरू विश्वको उत्कृष्ट टोली रहेकामा कुनै शंका छैन।’ 

समूह बीमा रहेको स्पनेले समूह चरणमा क्रोएसियालाई ३–०, इटालीलाई १–० र अल्बानियालाई १–० गोल अन्तरले हराउँदै नकआउट चरणमा प्रवेश गरेको थियो। राउन्ड अफ १६ मा जर्जियालाई ४–१ को फराकिलो अन्तरले हराएको स्पेनले क्वार्टरफाइनलमा आयोजक जर्मनीलाई जित्दै अन्तिम चारमा स्थान बनाएको थियो।

फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेस्चाम्सले युरो कपका हरेक खेलमा राम्रो छाप छाडिरहेको बताए। स्पेनको टोलीमा राम्रो मिडफिल्ड रहेकाले उनीहरूमा खेललाई नियन्त्रणमा लिन सक्ने क्षमता रहेको दाबी उनले गरेका छन्। 

क्वार्टरफाइनलमा फ्रान्सले पोर्चुगललाई टाइब्रकेरमा ५–३ गोल अन्तरले हराउँदै स्पेनसँगको भेट पक्का गरेको हो। 

समूह डीमा रहेको फ्रान्सले भने समूह चरणमा अस्ट्रियालाई १–० ले हराउँदा नेदरल्यान्ड्ससँग भने गोलरहित बराबरी खेलेको थियो।

समूह चरणको अन्तिम खेलमा पोल्यान्डसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको फ्रान्सले नकआउट चरणमा बेल्जियमलाई १–० ले मात्र हराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .