लक्ष्मी इन्टरकन्टिनेन्टल, हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेताले आउँदै गरेको नयाँ वर्षलाई मध्यनजर गर्दै हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना ग्राहकहरुमाझ ल्याएको छ।
यो ग्राहकमुखी योजना यही चैत १३ देखि सुरु भएको कम्पनीले जनाएको छ।
योजनाअन्तर्गत, ग्राहकहरुले ५ लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा २ लाख रुपैयाँसम्मको छुट, नयाँ वर्ष बोनस ८० हजार रुपैयाँसम्म र एक्सचेन्ज बोनस ८० हजार रुपैयाँसम्म जस्ता आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन्।
यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउने कम्पनीले उल्लेख गरेको छ।
सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि–सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानीसहित उपलब्ध हुनेछन्।
हुण्डाईले गएको महिना मात्रै भेन्यु र नियोस फेसलिफ्ट भर्जन लञ्च गरेको थियो।
यस स्किमबाट हुण्डाईको कुनै पनि ह्याचब्याक, कम्प्याक्ट एसयूभी, एसयूभी तथा ईभी गाडी खरिद गरी फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु छन्।
प्रतिक्रिया