पोखरास्थित वन विज्ञान अध्ययन संस्थानमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेकपा एमालेनिकट अनेरास्ववियुका समीर कार्की विजयी भएका छन्।
समीरले २९५ मत ल्याउँदा उनका निकट्म प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका मुवारक अली गद्दीले १४७ मतमात्र प्राप्त गरे।
आइतबार भएको निर्वाचनमा ४३४ मत खसेको थियो। वन विज्ञानमा ४८० मतदाता थिए।
स्ववियु निर्वाचनको लागि कास्कीमा एमालेनिकट अनेरास्ववियु र माओवादी निकट अखिल क्रान्तिकारीको संयुक्त मोर्चा बनेको थियो।
दुई संगठनबीच अनेरास्ववियुले सभापति, कोषाध्यक्ष, ३ सदस्य र अखिल क्रान्तिकारीलाई सचिव र दुई सदस्य पाउने गरी भागबण्डा गरिएको थियो।
सोमबार सार्वजनिक नतिजाअनुसार सचिवमा क्रान्त्रिकारीका धिराजन परियार, कोषाध्यक्षमा सुस्मिता कोइराला विजयी भए।
सदस्यहरुमा अनेरास्ववियुका महादेव सिंह, अनिशा आचार्य, गरिमा गुरुङ निर्वाचित भएका छन्।
यस्तै क्रान्तिकारीका लोकराज थापा र दीपा कार्कीले पनि स्ववियु सदस्यमा विजय प्राप्त गरे।
देशैभरका क्याम्पसहरुमा चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकिए पनि निर्वाचन कार्यालयमा तालाबन्दीका कारण चुनाव पछि सरेको थियो।
पोखराको सबैभन्दा ठूलो पृथ्वीनारायणसहितका क्याम्पसमा भने चुनाव हुन सकेको छैन।
प्रतिक्रिया