ad ad

कारोबार


पायोनियर मोटो कर्पले ल्यायो निसान सुरक्षा प्याकेज

पायोनियर मोटो कर्पले ल्यायो निसान सुरक्षा प्याकेज

नेपालखबर
चैत १२, २०७९ आइतबार १८:२७, काठमाडौँ

पायोनियर मोटो कर्पले आफ्ना निसान गाडीका ग्राहकहरूको सुविधाका लागि "निसान सुरक्षा" प्याकेज प्रस्तुत गरेको छ। 

यो निसान किक्स र निसान म्याग्नाइट गाडीहरूका लागू गरिएको आफ्टर-सेल्स सेवा हो। 

कम्पनीका अनुसार यो सेवा हाल निसान गाडी चढिरहेका ग्राहकहरूलाई एक अद्वितीय र कम खर्चिलो आफ्टर-सेल्सको प्याकेज हो, जसले झन्झटमुक्त मर्मतसम्भारको सुविधा सुनिश्चित गर्दछ। 

यो प्याकेजले निसान गाडीका ग्राहकहरूलाई किफायती र सुविधाजनक सेवा पुर्‍याउने तरिकालाई पनि अवलम्बन गरेको कम्पनीको दाबी छ। 

पायोनियर मोटो कर्पले ग्राहकको गाडीलाई उचित रूपले जाँच गर्ने उपकरण, जेनुइन स्पेयर पार्टस्, र प्राविधिन ज्ञान भएका मेकानिकहरूबाट नै सेवा पुर्‍याउने कुरा सुनिश्चित गर्दछ। 

यो प्याकेज गोल्ड र सिल्भर गरी दुई भागमा बाँढिएको छ – सिल्भर प्याकेजमा नि:शुल्क इन्जिन आयल, आयल फिल्टर, ड्रेन प्लग, एयर फिल्टर, आदि समाविष्ट गरिएको छ भने गोल्ड प्याकेजमा सिल्भर प्याकेजका सबै सुविधाहरूका साथै व्हिल अलाइनमेन्ट र ब्यालेन्सिङ, ब्याट्री टर्मिनल ग्रिसिङ, कुलेन्ट र अन्य विभिन्न सुविधाहरू समावेश छन्। 

दुवै प्याकेजहरूमा नि:शुल्क २४-घण्टे रोड साइड असिस्टेंस पनि समावेश छ, जसले ग्राहकहरुलाई आपतकालीन समयमा मद्दत गर्दछ। यसका साथै बडि पार्टस् र  शुल्कमा पनि १०% सम्मको छुट समावेश गरिएको छ। यो सेवा नेपाल अधिराज्यभर रहेका निसानका सम्पूर्ण सर्भिस सेन्टरहरुमा उपलब्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .