कारोबार


भरतपुरको हाकिमचोकमा नेपाल बैंकको शाखा

भरतपुरको हाकिमचोकमा नेपाल बैंकको शाखा

नेपालखबर
चैत १२, २०७९ आइतबार १८:३३, काठमाडौँ

नेपाल बैंक लिमिटेडले आफ्नो २२८औँ शाखा चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं. १० हाकिमचोकमा  स्थापना गरेको छ। 

यही चैत १० गते बैंकका सञ्चालक समितिका अध्यक्ष गंगा प्रसाद ज्ञवाली, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादु्र अधिकारीले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरी शाखा उद्घाटन गरेका हुन्। 

उक्त समाहरोहमा नेपाल बैंक लिमिटेड हाकिमचोक शाखाका शाखा प्रबन्धक नीना श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।

नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय बागमति प्रदेशका प्रादेशिक प्रमुख पासाङ दोर्जी शेर्पा र  चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चुन नारायण श्रेष्ठ, उद्योग संघका अध्यक्ष त्रिलोचन कंडेल, वीरेन्द्र क्याम्पसका प्रमुख दयाराम पौडेल, सप्तगण्डकी  क्याम्पसका  प्रमुख मणिराज महतो लगायत उपस्थित रहनुभएको उद्घाटन समाहरोहमा जनप्रतिनिधि, व्यापारी÷ग्राहक, जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख, शिक्षक, नेपाल बैैक लिमिटेडका निवर्तमान कर्मचारी तथा जेष्ठ नागरिकहरुको समेत उपस्थिति थियो ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .