ad ad

कारोबार


अटो व्यवसायीका मागमा सकारात्मक छौँ, समाधानको पहल भइरहेको छ : अर्थमन्त्री

अटो व्यवसायीका मागमा सकारात्मक छौँ, समाधानको पहल भइरहेको छ : अर्थमन्त्री

नेपालखबर
माघ १०, २०७९ मंगलबार १४:२५, काठमाडौँ

नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेको छ। 

मन्त्री पौडेलसँग भेटर अटोमोबाइल क्षेत्रका समसामयिक समस्याहरुका विषयमा छलफल गरेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ। 

सो छलफलको क्रममा उपप्रधानमन्त्री पौडेलले सवारीसाधनहरुलाई सरकारले विलासिताको वस्तुमा वर्गीकरण गरेको सन्दर्भमा त्यसबारे आउँदो बजेटसम्बन्धी छलफलमा नाडालाई बोलाई त्यसबारे छलफल गरिने आश्वासन दिए। 

अध्यक्ष थापाले सवारी साधनहरुलाई सरकारले विलासिताको वस्तुमा वर्गीकरण गरी सोहीअनुरुप नीतिहरुको निर्माण भइरहेको गुनासो गर्दै सवारीसाधनहरुलाई सो वर्गीकरणबाट हटाउन आग्रह गरेका थिए। 

सो भेटघाट तथा छलफलमा अध्यक्ष थापाले सरकारले आयातमा एलसी खोल्दा अनिवार्य नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाएको र ८ महिनादेखि निजी प्रयोजनका डिजेल र पेट्रोलबाट चल्ने कार, जिप र भ्यानको आयातमा लगाएकोे प्रतिबन्ध पनि केही समयअघि फुकुवा गरेकोमा धन्यवाद दिएका थिए। 

सरकारको हालको योे निर्णयहरुले अटोमोबाइललगायतका व्यवसायहरुमा धेरै हदसम्म सकारात्मक प्रभाव पार्ने अध्यक्ष थापाको भनाइ थियो।

त्यसैगरी सो भेटघाटमा अध्यक्ष थापाले नेपाल राष्ट्र बैंकका अन्य केही नीतिहरुका कारण अटोमोवाइल व्यवसायीहरु आफनो व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था विद्यमान नै रहेको समेत बताएका थिए। भन्सार नाकाहरुमा ६ महिनादेखि करिब ३ हजार सवारीसाधनहरुको भन्सार जाँचपास समेत हुन नसकेको अवस्था रहेकाले यसलाई समाधान गरिदिन आग्रह गरेका थिए। 

छलफलमा अध्यक्ष थापाले अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनुपर्ने अर्थात् ७५ प्रतिशत नै कायम गरिनुपर्ने, सुस्ताएको अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन बैंकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा हालको ५० प्रतिशतको सीमालाई वृद्धि गरिनुपर्ने र चालू पुँजी कर्जासम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुँदाहरुको संशोधनका लागि समेत अनुरोध गरेको नाडाले जनाएको छ। 

त्यसैगरी सो छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालमा भारतसँगको व्यापारलाई सहज बनाउन र भारतीय लगानीलाई आकर्षित गर्न इन्डियन इकोनोमिक जोन स्थापना गरिनुपर्ने, नेपालमा सवारी साधन एसेम्बलिङ्ग उद्योग जस्तैै अटोमोवाइल स्पेयर पार्टस उद्योगको प्रशस्त सम्भावना देखिएकोले यस क्षेत्रमा लगानी आकर्षित गर्न र यस्तो उद्योग खोल्नका लागि प्रोत्साहित गर्न कृषि र पर्यटन उद्योगहरुलाई जस्तै सुविधा प्रदान गर्ने व्यवस्थाका लागि समेत आग्रह गरेको नाडाले जनाएको छ। 

सो छलफलमा महासचिव उपे्रतीले काठमाण्डौ उपत्यकामा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको स्थापनाका लागि समेत आग्रह गरे। छलफलको अन्त्यमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले नाडाबाट प्रस्तुत मागहरुका सम्बन्धमा सरकार गम्भीर रहेको र ती मागहरुको सम्बन्धमा पहल समेत भइरहेको जानकारी दिए। 

उक्त भेटघाट तथा छलफलमा कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्यद्धय निराकार श्रेष्ठ, आकाश गोल्छा, बरदान बस्नेत, र सोहन श्रेष्ठ समेतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .