राजनीति


व्यवस्था फेर्‍यौं, अब अवस्था फेर्ने चरणमा छौं : देवेन्द्र पौडेल

व्यवस्था फेर्‍यौं, अब अवस्था फेर्ने चरणमा छौं : देवेन्द्र पौडेल

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
माघ १०, २०७९ मंगलबार १४:२५, काठमाडौँ

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले व्यवस्था फेरिएको भन्दै अब अवस्था फर्ने चरणमा आफूहरु प्रवेश गरेको बताएका छन्। 

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै सांसद पौडेलले अवस्था फेर्नका लागि ‘चिच्याएर’ मात्र नहुने बताए। 

‘व्यवस्था फेर्यौं अब अवस्था फेर्ने चरणमा हामी प्रवेश गरेका छौं। अवस्था फेर्ने भनेको लोकतन्त्रको अधिकार प्रयोग गरेर चिच्याउने मात्र होइन,’ सांसद पौडेलले सम्बोधन गर्दै भने, ‘जनताको बस्तीमा, आँगनमा, जनताको चुलोमा लोकतन्त्र पु¥याउनुछ। आज भुँइमान्छेहरु निराश छन्। एक तिहाई मान्छे विदेशमा छन्। नेपालमा गएर बसौं बसौं भन्ने लाग्ने वातारण हामीले बनाउनु छ।’

एक तिहाई नेपालीहरुलाई नेपालमा फर्किएर केही गर्ने वातावरण तयार गर्नपर्ने उनको भनाई थियो। ‘एक तिहाई नेपाली युवाहरुले नेपालमा फर्किएर के गर्ने। हामी यो सदनलाई रचनात्मक र क्रियाशिल बनाऔं,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .