ad ad

कारोबार


बीवाईडीको ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टर सुरु, कुलमानले गरे उद्घाटन

बीवाईडीको ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टर सुरु, कुलमानले गरे उद्घाटन

नेपालखबर
असोज ३, २०७९ सोमबार १२:११, काठमाडौँ

बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ। 

कम्पनीले आइतबार एक कार्यक्रम आयोजना गरी आफ्नो भव्य सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो। 

उक्त सर्भिस सेन्टरको उद्घाटन नेपाल विद्युत् प्राधिकरणका प्रबन्धनिर्देशक कुलमान घिसिङले गरेका थिए। 

‘हामीले विगतदेखि एउटा उत्कृष्ट सर्भिस सेन्टर निर्माणको योजना तयार पारेका थियौँ’, कम्पनीले भनेको छ, ‘बजारमा गाडीको संख्या वृद्धिसँगै सर्भिस सेन्टरको आवश्यकता बढ्दै गएकोले सुविधा सम्पन्न सर्भिस सेन्टर सञ्चालनमा ल्याएका हौँ।’ 

साइमेक्स इंककी प्रबन्धनिर्देशक यमुना श्रेष्ठले भनिन्, ‘हामी ग्राहकलाई उत्कृष्ट सेवा दिन चाहन्छौँ। बढ्दो विद्युतीय सवारीसाधनको माग र त्यसमा आउनसक्ने समस्याको विषयमा सजग हुँदै अगाडि बढ्नु आज सबै विद्युतीय गाडी बिक्रेताको जिम्मेवारी हो। त्यो जिम्मेवारीलाई पूर्ण आत्मबोध गर्दै हामीले स्टेट अफ आर्ट सर्भिस सेन्टर बनाएका हौँ।’

करिब २७ हजार स्क्वाय फिटमा फैलिएको सर्भिस सेन्टर उद्घाटन गर्दै नेपाल विद्युत् प्राधिकरणका प्रबन्धनिर्देशक कुलमा घिसिङले भन्ने, ‘यस्ता सर्भिस सेन्टरहरु निर्माण हुनुपर्छ । देशभर सर्भिस सेन्टर र चार्जिङ नेटवर्कको विस्तार हुन सकेमात्रै सबै उपभोक्ताको विद्युतीय साधनमा आत्मबल बढ्छ । बीवाइडीले जसरी सर्भिस सेन्टर विस्तारमा काम गरेको छ यो फैलदै जाओस्।’

अहिले ६ वटा वे निर्माण गरेर संचालनमा ल्याइएको यो सर्भिस सेन्टरमा ४ वटा वे पछि थप्न मिल्नेगरी तयार गरिएको छ । यहाँ गाडीलाई आवस्यक पर्ने स्पेयर पार्टस्को वायर हाउस पनि तयार गरिएको छ ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .