कारोबार


चांगन अटोले ल्यायो दसैँ डिलाइट अफर, ८ लाख डाउनपेमेन्टमै कार

चांगन अटोले ल्यायो दसैँ डिलाइट अफर, ८ लाख डाउनपेमेन्टमै कार

नेपालखबर
भदौ २३, २०७९ बिहिबार १५:३८, काठमाडौँ

चांगन अटो नेपालले बडादसैँ र तिहारको उपलक्ष्यमा ग्राहकहरुमाझ दसैँ डिलाइट अफर ल्याएको छ। 

अफरअन्तर्गत ग्राहकहरुले चांगनको हन्टर र एल्सभिन १५ र ८ लाख डाउन पेमेन्टमै प्राप्त गर्नेछन् भने अन्य विविध अफरहरुको लाभ उठाउन सक्नेछन्। 

चाडबाडको हर्षोल्लासलाई मध्यनजर गर्दै ग्राहकहरुमाझ विविध अफरहरु ल्याइएको कम्पनीले जनाएको छ। 

अन्य अफरहरुअन्तर्गत ग्राहकहरुले आकर्षक छुट, एक लाखसम्मको एक्सचेन्ज बोनस, एक वर्ष निशुल्क बीमा र एक वर्ष निशुल्क रोड ट्याक्स प्राप्त गर्नेछन्।

अफर सीमित अवधिका लागि लागू हुने कम्पनीले जनाएको छ। यसमा शर्त तथा नियमहरु लागू हुनेछ। 

ग्राहकहरुले चांगनको नक्साल, काठमाडौंमा अवस्थित शोरुममा गई गाडीको अवलोकन गरी टेस्ट राइड गर्न सक्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad