ad ad

कारोबार


तीन रेसिङ मोड भएको अपाचे आरटीआर १६० फोरभी नेपालमा सार्वजनिक हुँदै

तीन रेसिङ मोड भएको अपाचे आरटीआर १६० फोरभी नेपालमा सार्वजनिक हुँदै

नेपालखबर
असार ८, २०७९ बुधबार ११:४३, काठमाडौँ

जगदम्बा मोटर्सले टीभीएस अपाचे आरटीआर १६० ४भी आरटीएफआई तथा बीएस६को नयाँ मोडल नेपाली बजारमा ल्याउने तयारी गरेको छ। 
कम्पनीले तीन रेसिङ मोड भएको अपाचे आरटीआर फोरभी बाइक नेपालमा सार्वजनिक हुन लागेको हो।  

तीन रेसिङ मोडहरु रेन, अर्बान र स्पोर्ट रहेको यो बाइक बीएस६ मोडलमा यस वर्गमै पहिलो रहेको कम्पनीले जनाएको छ। यसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा परिवर्तन गर्न सक्नेछन्। यस फिचर्सले चालकको राइडिङ् अनुभवलाई थप सहज र सुरक्षित बनाउने कम्पनीको भनाइ छ ।

यसैगरी यस मोटरसाइकलको अर्को सशक्त पक्ष भनेको रेस ट्युन फ्युल इन्जेक्सन (आरटीएफआई) टेक्नोलोजी युक्त बीएस६ कम्प्लियन्ट इन्जिन रहेको छ। अटोमोबाइल जगतमा आरटीएफआई टेक्नोलोजीलाई निकै उत्कृष्ट मानिन्छ। यसैगरी बीएस६ कम्प्लियन्ट इन्जिनसहितको अपाचे आरटीआर नेपाली मोटरसाइकल प्रेमीले धेरै पहिलादेखि नै प्रतीक्षा गरिरहेको पाइन्छ।

यस आरटीएफआई टेक्नोलोजी युक्त इनजिन्ले माइलेजमा वृद्धि गर्छ भने बीएस६ कम्प्लियन्ट इन्जिन वातावरण मैत्री हुन्छ। यसले टीभीएसको रेसिङ डीएनएको इतिहासलाई थप नयाँ उचाइमा पुर्याएको कम्पनीले जनाएको छ। 

त्यति मात्र नभएर यस मोटरसाइकलमा स्मार्टएक्सकनेक्ट फिचर रहेको छ जसको सहायताले मोटरसाइकलमा ब्लुतुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिंग,लीन एङ्गल मोड, साथै कल र एसएमएस एलर्ट जस्ता आधुनिक सेवा जडान गरिएका हुन्छन् जसले बाटोमा यात्रा गर्दा अरु सामान्य मोटरसाइकल भन्दा अतिरिक्त फाइदा दिन्छ। 

जगदम्बा मोटर्सले नयाँ टीभीएस अपाचे आरटीआर १६० ४भी आरटीएफआई बीएस६ काठमाडौँको पर्पल हेज रक बारबाट असार ७ गते सार्वजनिक गर्ने जनाएको छ । सो कार्यक्रम प्रख्यात नेपाली ब्यान्ड कबवेब तथा नेपालको विभिन्न मोटो भ्लोगर्सको साथै जगदम्बा मोटर्सको प्रतिनिधिहरुको उपस्थितिमा हुनेछन। 

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .