टाटा मोटर्सले भैरहवाको पद्सारीस्थित सिप्रदीको आधिकारिक डिलर एम्रल्ड मोटर्स प्रालिको उद्घाटन गरेको छ।
टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आफनो ग्राहकहरुको लागि आधुनिक तथा सुविधासम्पन्न शोरुम तथा विक्री सेवा सुविधा केन्द्रको भैरहवामा उद्घाटन गरेको हो।
टाटा मोटर्स र सिप्रदी टेडिङ्ग प्रा.लि. को प्रतिबद्धताअनुसार आफ्नो सञ्जाल नेपालभरि फैलाउने क्रममा उक्त सेवा सुविधा केन्द्रको रुपमा खोलिएको जानकारी प्राप्त भएको छ।
टाटा मोटर्स शोरुम कम्पनीको डिलरशिप मापदण्डअनुसार डिजाइन र निर्माण गरिएको छ र ग्राहकहरूलाई सुविधाजनक पहुँच प्रदान गर्न रणनीतिक रूपमा अवस्थित छ। टाटा मोटर्सका विज्ञहरूको निगरानीमा डिलरशिप कर्मचारीहरूलाई तालिम दिइएको छ र गुणस्तरीय ग्राहक अनुभव प्रदान गरिनेछ।
विशेष कार्यक्रम मार्फत प्रमुख अतिथिका रुपमा सिप्रदीका तर्फबाट प्यासेन्जर भेहिकल प्रमुख सावन्त जङ्ग सिजापती, विभिन्न विभागका प्रतिनिधिको स्वागत र एम्रल्ड मोटर्सका अध्यक्ष योगेश घिमिरेले गरे।
उक्त कार शोरूममा टाटा मोटर्सका नयाँ बीएस ६ का सम्पूर्ण गाडीहरु उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा हुनेछ।
सिप्रदीका अन्य सेवा सुविधाका साथै कुनै सुझाव भएमा टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा पनि सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।
Shares
प्रतिक्रिया