कारोबार


राजधानीमा आकर्षक कम्पनी खोलेर ३ सय जनासँग ठगी गर्ने पक्राउ

राजधानीमा आकर्षक कम्पनी खोलेर ३ सय जनासँग ठगी गर्ने पक्राउ

नेपालखबर
असार ४, २०७६ बुधबार ७:२२,

 नुवाकोट गणेशस्थान घर भएका एक जना काठमाडौंमा कम्पनी नै खोलेर ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। नेपाल प्रहरीले मनमैजु बस्ने प्रविन पौडेललाई ठगी आरोपमा मंगलबार पक्राउ गरेको हो।

उनले तीन सयभन्दा धेरै जनाबाट ६ करोडभन्दा बढी ठगी गरेको खुलेको प्रहरीले जनाएको छ। उनले विशालनगरमा द अप्रेन्टाइस फर्म प्रालि खोलेर मानिसलाई सिंगापुर पठाइदिने र मासिक डलर तलब स्केल ६ सय ५० हुने भन्दै भारतको दिल्ली र लखनउ पठाएर पानीजहाजमा काम गर्ने तालिम लिन समेत पठाउने गरेका थिए।

उनले झापा कन्काईका तीर्थ हमालसँग ५ लाख लिई प्रोसेस भइरहेको भन्दै बेपत्ता भएपछि प्रहरीमा उजुरी परेको थियो। उजुरी परेसँगै प्रहरीले उनी लुकेर बसेको मकवानपुर जिल्लाको बाइपास पारिजात पथमा लोकेसन ट्रेस गरी पत्ता लगाएको थियो।

ठगीमा उनीसहित अन्य पनि सहभागी रहेको हुनसक्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .