राजनीति


गुठी विधेयक फिर्ता होइन, खारेज हुनुपर्छः जोशी

 गुठी विधेयक फिर्ता होइन, खारेज हुनुपर्छः जोशी

नेपालखबर
असार ४, २०७६ बुधबार ७:१२,

नेपाली कांग्रेससका महासमिति एवं महाधिवेशन प्रतिनिधि स्व. सुदर्शन आचार्यको ‘प्रथम स्मृति दिवस’का अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले पार्टीलाई चलायमान बनाउन समयमा महाधिवेशन हुनुपर्ने बताएका हुन्।

नेता जोशीले स्व. आचार्यको जीवन पद्धतिबाट पार्टीले धेरै कुरा सिक्नुपर्ने उल्लेख गरे। ‘अधिकार सम्पन्न स्थानीय तह हुनुपर्ने आवाज उठाउने आचार्य मुलुकलाई विकेन्द्रीकरणको माध्यमबाट विकास गर्नुपर्ने धारणा राख्ने नेता हुनुहुन्थ्यो’, उनले भने। गुठी विधेयक फिर्ताभन्दा पनि खारेज हुुनुपर्ने उनको भनाइ थियो।

नेपाल कम्युनिस्ट पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले तारकेश्वर क्षेत्रको विकासका लागि स्व. आचार्यको त्याग, समर्पण तथा योगदान महत्वपूर्ण रहेको बताए। ‘हामी फरक पार्टीमा भए पनि जनताको सेवा गर्नेमा आचार्य अत्यन्त चिन्तित हुनुहुन्थ्यो, उहाँको जीवनबाट सबै पार्टीका नेता तथा कार्यकर्ताले सिक्नुपर्छ’, उनले भने।

नेपाली कांग्रेस काठमाडौँका सभापति कृष्ण (सबुज) बानियाँले स्व. आचार्यजस्ता हजारौँ नेता तथा कार्यकर्ताको पार्टीले मूल्यांकन गर्नुपर्ने बताए। काठमाडौँ काङ्ग्रेसको सङ्गठन बलियो बनाउन आचार्यको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो।

काग्रेस काठमाडौँ क्षेत्र नं ७ का सभापति मुकुन्द रिजालले स्व आचार्य घरपरिवारभन्दा बाहिर निस्किएर समाज र देशको निर्माणमा लाग्ने नेता भएको बताए।

आचार्यको २०७५ साल असार ४ गते हृदयाघातका कारण ६१ वर्षको उमेरमा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको नेविसङ्घका नेता सुशान्त आचार्यले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .