कारोबार


माछापुच्छ्रे बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने

माछापुच्छ्रे बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने

नेपालखबर
असोज २४, २०७६ शुक्रबार ११:२४,

माछापुच्छ्रे बैंक लिमिटेडको २१ औँं वार्षिक साधारण सभा शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ।

उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। जसमध्ये, चुक्तापूँजीको ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस लाभांश (बोनस एंव नगद लाभांशमा लाग्ने कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

साथै, साधारणसभाले माछापुच्छ्रे बैंक लि.र अन्य उपयुक्त बैंक तथा वित्तिय संस्थाहरु एक आपसमा गाभ्न÷गाभिने सम्बन्धि कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ।

बैंकले गत आर्थिक वर्षमा बैंकले १ अर्ब ६९ करोड ७० लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैंया ७ पैसा कायम गरेको थियो। बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्व ४५ करोड रुपैयाँ संचित छ।

माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १४० वटा शाखाहरु र १३० शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २७० स्थानवाट ७ लाख भन्दा बढी ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ। साथै, बंैकको देशभर १६२ वटा एटीएमहरु संचालनमा रहेको छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad