दसैं बिदामा पनि बैंकहरू खुला रहने भएका छन्। त्यसका लागि बैंकहरूले सेवा सञ्चालन हुने शाखा, कर्मचारीको आलोपालो र सुरक्षा प्रबन्ध मिलाएका छन्।
चाडपर्वको समयमा ग्राहक बैंकिङ कारोबारबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले बिदाका दिनमा पनि सेवा दिने तयारी गरिएको बैंकर्स संघले जनाएको छ।
बैंकहरूले टीकाका दिनबाहेक सबै बिदाका दिन दैनिक २ देखि ३ घण्टा तोकिएका निश्चित कार्यालय खुला राख्नेछन्।
तर ३ सय ६५ दिनमै बैंकिङ सेवा दिने बैंकले टीकाका दिन पनि बैंक खोल्ने तयारी गरेकाे बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताएका छन्।
3
Shares
प्रतिक्रिया