दसैंको उपलक्ष्यमा नेपाल प्रहरीले काठमाडौं उपत्यकामा आज (आइतबार) बिहानदेखि निःशुल्क बस सेवा सञ्चालन गर्दै छ।
प्रहरीका अनुसार सर्वसाधारणको सहज यात्राका लागि बडादसैंका अवसरमा आजदेखि ३ दिन अर्थात् टीकाको दिनसम्म निःशुल्क बस सञ्चालन गर्न लागिएको हो।
महाअटष्मी, महानवमी र विजया दशमीका दिन २ वटा रुटमा नि:शुल्क बस सञ्चालन गर्न लागिएको नेपाल प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार पहिलो रुट नक्सालबाट पुतलीसडक, माइतीघर, कुपण्डोल, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्क, दरबारमार्ग हुँदै पुनः नक्साल पुग्नेछ।
त्यसैगरी, दोस्रो रुट नक्सालबाट मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, नागस्थान, लैनचौर, लाजिम्पाट, नारायणगोपालचोक, बालुवाटार हुँदै नक्सालसम्म बस सञ्चालन गरिनेछ।
निःशुल्क बस सेवा बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया